१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चेपाङबस्तीमा सामुदायिक भवन

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको कोस्राङमा निर्माण गरिएको सामुदायिक भवन ।

धादिङ- दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० रोबाङमा सामुदायिक भवन निर्माण गरिएको छ। चेपाङ समूदायको बाहुल्यता रहेको रोबाङ आमा समूहको सक्रियता भवन निर्माण गरिएको हो। भवन नहुँदा गाउँमा केही भेला, बैठक बस्नुप-यो भने कि चौतारा कि बारीका पाटाहरुमा बस्नुपर्ने बाध्यता थियो। अब चौतारामा बसेर भेला गर्नुपर्ने बाध्यता हटेको रोबाङ आमा समूहकी अध्यक्ष मनमाया चेपाङले बताइन्।

‘आमा समूहको बैठक अरुको घरमा बस्नुपर्ने बाध्यता हटेको छ’, चेपाङले भनिन्, ‘सडक संजालबाट बल्ल जोडिदै छौँ, शिक्षा, स्वास्थ्य, विजुली लगायतका विषयमा पनि समुदायमा क्रमशः जनचेतना बढाउँदै जानेछौँ।’ गाउँमा अझैसम्म पनि विजुलीबत्ती पुगेको छैन । स्वास्थ्य तथा सरसफाईका कुरामा पनि पछाडि नै छ। 

स्थानीय सरकार आएपछि बल्ल गाउँमा बाटो पुगेको छ, त्यसले गर्दा बजार झर्न केही सहज मिलेको स्थानीयको भनाई छ। गाउँमा विजुली पु-याउन गाउँबासीनै सक्रिय भएर लागेका छन्। गाउँमा रहको प्राथमिक विद्यालयलाई पनि व्यवस्थित रुपमा संचालन गर्नका लागि गाउँबासी जुटेका छन्। गाउँमा बीचमा निर्माण गरिएको सामुदायिक भवनले हरेक क्षेत्रका कार्यहरुमा सहज हुने चेपाङले बताइन्। बैठक बसिरहँदा पानी प-यो वा हावाहुरी आयो भने बैठक निर्णयमा पुग्नुअघि नै सक्नुपर्ने र अर्कोदिनलाई थाति राख्नुपर्ने समस्याको हल भएपछि चेपाङ महिलाहरुको खुसीको सीमा छैन। 
सामुदायिक भवनमा गाउँमा उत्पादित तरकारी संकलन केन्द्रको रुपमा पनि प्रयोग गरिने स्थानीय रामकुमार चेपाङले बताए। ‘संकलन केन्द्र नहुदाँ गाउँमा उत्पादित फलफूल तथा तरकारी खेर जाने गर्दथ्यो’, उनले भने, ‘अहिले निर्माण भएको भवनमा तरकारी संकलनदेखि सामुदायिक कार्यक्रममा प्रयोग गर्नेछौँ।’ समुदायमा रहेका सामुदायिक सामग्रीहरु पनि राख्न  सहज हुने चेपाङको भनाई छ। 
जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ९ फजिमटारमा पनि १३ लाख ८० हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको छ। एक्सन नेपाल र डीसिएको साझेदारीमा बेनिघाट रोराङ गाउँपालिकामा संचालित साहस परियोजना अन्र्तगत भवन निर्माण गरिएको हो। कुल ११ लाख ३६ हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको परियोजना संयोजक उमेश श्रेष्ठले जानकारी दिए। एक तले भवनभित्र एक सय जनाभन्दा बढी क्षमताको बैठक कक्ष रहेको छ। 

प्रकाशित: ११ चैत्र २०७५ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App