१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पाठक बढाउन मेला

काठमाडौं, – पठन संस्कृतिको विकाससँगै युवापुस्तालाई बजारमा आएका नयाँ पुस्तक सहुलियत दरमा उपलब्ध गराउन राजधानीमा गत शुक्रबारदेखि ‘काठमाडौं पुस्तक मेला’ जारी छ। राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको प्रांगणमा भइरहेको मेलाले ‘जो पढ्छ उहि अघि बढ्छ’ नारा लिएको छ।

पठन संस्कृति विकास समाजको आयोजनामा भएको मेलामा रहेका १२ स्टलमा झण्डै सय बढी प्रकाशन गृहका नयाँ र पुराना पुस्तक छन्। समाजका सदस्य कृष्ण अविरलले ठुला घर भएर पनि घर भित्र एउटा पुस्तकालय नहुने परिवारका लागि मेला लक्षित रहेको बताए। ‘ठुलो घर भएर पनि पढ्नका लागि सुविधासम्पन्न पुस्तकालय छैन। यस्तो अवस्थामा घर हुनेका सन्तानले पनि विद्यालय भन्दा बाहिरका पुस्तक पढ्न पाएका छैनन्’,अविरलले भने, ‘त्यसकारण बालबालिकादेखि माथिका सबै उमेरका पाठकमाझ पठन संस्कृति बढाउन मेला गरेका हौं।’

अविरलका अनुसार मेलामा दैनिक सयौं पाठक आइरहेका छन्। मेलाको गत शुक्रबार शुभारम्भ गर्दै शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीले मेलाले समाजमा पठन संस्कृतिको विकास गर्ने र युवापुस्ताका लागि लाभदायक भुमिका खेल्ने बताएका थिए। 

मञ्जरी पब्लिकेशन तथा शिखा बुक्सको सहकार्यमा आगामी चैत १७ गतेसम्म चल्ने मेलामा शाब्दिक बुक्स, स्वदेश प्रकाशन, कथालय, फिनिक्स, पाँच पोखरीलगायतका प्रकाशन गृहका पुस्तक राखिएका छन्।

प्रकाशित: ११ चैत्र २०७५ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App