दाहाल-सी भेटवार्ता

चिनियाँ राष्ट्रपति सीले यही वर्ष नेपाल भ्रमण गर्ने

आइतबार, ३० असोज २०७३, ०६ : ०९ नागरिक

 कृष्ण अधिकारी 

गोवा- चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिएका छन्। ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा  गाेवा अाएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उनलाई पुनः निम्तो दिएका थिए। 

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री दाहालको आग्रहपछि राष्ट्रपति सीले भने- “म यसै वर्ष उपयुक्त समयमा नेपालको भ्रमण गर्छु ।”  भ्रमणको मिति भने दुवै देशले कूटनीतिक माध्यमबाट तय गर्ने भएका छन् । 

भेटका बेला दुई नेताबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले विगतमा चीन सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकाे परराष्ट्रमन्त्री डा महतले जानकारी दिए। 

चीनले नेपालको आर्थिक एवम् सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । पछिल्लो समय चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको सहयोग राशिमा ठूलो परिमाणमा वृद्धि गरेको छ । 

भेटका अवसरमा प्रधानमन्त्री दाहालले चीन सरकारले अप्ठ्यारो अवस्थामा नेपाल र नेपाली जनतालाई पुर्याएको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका थिए। 

सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपनि नेपाल र चीनबीच हजारौँ वर्षदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । भूगोल र जनसङ्ख्याको दृष्टिले नेपाल र चीनबीच निकै ठूलो असमानता रहेपनि दुई देशबीचको सम्बन्ध निक्कै प्रगाढ छ । दुई मुलुकबीचको सम्बन्ध संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित छ । 

भेटका अवसरमा प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतालाई दोहोर्याउँदै नेपालीे भूमि कुनै पनि मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिइने बताए । 

चीनले खासगरी विमानस्थल, विद्युत् आयोजना र सडकलगायत पूर्वाधार विकासमा महत्वपूर्ण अनुदान सहायता र आर्थिक सहयोग प्रदान गर्दैआएको छ । 

मन्त्री महतका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी संवादबाटै समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने चाहना चिनियाँ नेतासामु राखेका थिए। 

सो अवसरमा चीनका राष्ट्रपति सीले चीन, नेपाल र भारतबीचको त्रि–पक्षीय सम्बन्धलाई सुदृढ बनाएर अगाडि बढ्ने नेपालको प्रस्तावमा समर्थन जनाउनुभएको मन्त्री महतले बताए। 

चीनका तर्फबाट नेपाली विद्यार्थीलाई उपलब्ध गराइँदै आएको छात्रवृत्ति कोटामा वृद्धि गर्ने, कृषि, उद्योग, जलविद्युत् र ऊर्जा विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । 

सो अवसरमा राष्ट्रपति सीले बिम्स्टेकको प्रभावकारी कार्यान्वयनका लागि यस क्षेत्रका मुलुकहरुबीचको एकतामा जोड दिँदै त्यसका लागि बिम्स्टेक संयन्त्रलाई मजबुत तुल्याउनुपर्ने खाँचो आैंल्याएका थिए। 

त्यसैगरी, उनले नेपालको आन्तरिक एकतालाई मजबुत बनाएर जारी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभएको मन्त्री डा महतले जानकारी दिए। 

करिब ४० मिनेट भएको उक्त द्विपक्षीय वार्तामा लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने प्रसङ्ग पनि उठेको थियो । 

भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शंकरदास बैरागी, उच्च चिनियाँ अधिकारी र भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालको उपस्थिति थियो । यसअघि प्रधानमन्त्री दाहालले भुटानी समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए। रासस 
–––––––––– 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad