१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१४ विद्यार्थी एसइई दिन अयोग्य

खोटाङ – जिल्लाका १४ विद्यार्थीले एसइई दिन नपाउने भएका छन् । रेगुलरतर्फ वर्षभरि विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा अयोग्य ठहरिएका छात्रछात्रा एसइई दिन नपाउने भएका हुन्।

भर्ना भए पनि नियमित कक्षामा उपस्थित नभएका, परीक्षा फाराम नभरेको र राजस्व नबुझाएका आधारमा उनीहरूलाई एसइई परीक्षा दिन अयोग्य ठहरिएको शिक्षा विकास तथा समन्वय एकाइ खोटाङका प्राविधिक सहायक तीर्थबहादुर विश्वकर्माले बताए । गत वर्ष ६९ र त्यसभन्दा अघिल्लो वर्ष एक सय पाँच विद्यार्थी एसइईका लागि अयोग्य ठहरिएका थिए ।

विद्यालयका प्रधानाध्यापकले ‘अयोग्य’ उल्लेख गरेर पठाएको सिफारिसका आधारमा उनीहरूलाई परीक्षामा सामेल नगराउने निर्णय गरिएको प्राविधिक सहायक विश्वकर्माले बताए । ‘जेठमा फाराम भरेका तर माघ मसान्तभित्र राजस्व बुझाउन नआएका विद्यार्थीलाई उपस्थिति प्रतिशत नपुगेको उल्लेख गरेर अयोग्य ठहराउने गरिएको छ,’ उनले भने । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा नियमिततर्फ तीन हजार आठ सय तीन जना र एक्जाम्टेडतर्फ एक सय ३० विद्यार्थी एसइईमा सामेल हुँदै छन् ।

प्रकाशित: १० चैत्र २०७५ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App