१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अफ्रिकी कविताको कथा - [१]

नेपाली साहित्य वृत्तमा अफ्रिकी आख्यानको जति चर्चा छ त्यति कविताको छैन। तर अफ्रिकी कविता पनि आफैँमा समृद्ध छ। आफ्नै सौन्दर्य विधान निर्माण गरेको अफ्रिकी कविताबारे विश्व साहित्यका नेपाली पाठकमाझ पनि चर्चा होस् भनेर यहाँ अफ्रिकी कविताबारे लेखिएको समालोचनात्मक आलेखको अनुवाद प्रस्तुत छ। यो आलेख दुई अंकमा प्रकाशन हुनेछ। आलेखको अनुवाद वीरेन्द्र तुम्बापो प्रतीकले गरेका हुन्।

संघर्षले जन्माएको साहित्य

बितेका तीन दशकमा अफ्रिकाले आफ्नो आत्मसंघर्षद्वारा स्वतन्त्र राष्ट्रको महाद्वीपको रुपमा आफूलाई स्थापित गरेको छ। औपनिवेशिक व्यवस्थाको बिरुद्ध एक स्वतन्त्र र स्वायत्त व्यवस्थाको विकास भयो। अफ्रिकी लेखकहरुले ती घटनाहरुको पात्र भएर हेरे र आफ्नो लेखनको माध्मबाट अफ्रिकी लेखन, आचरण र कलाको नयाँ चरित्र निर्माण गरे। अफ्रिकी लेखन यसैकारण आफ्नो औपनिवेशिक भूमिकाबाट मुक्त भएर आफ्नो जनता र माटोसँग जोडियो र आफ्नो आत्मसंघर्षको समयमा लेखक– कविहरुले जुन उत्पीडन, निर्वासन, काराबास र अपमान भोगे, त्यही संघर्ष लोकोन्मुखी भएर उनका रचना–कर्मको प्रमूख विषय बन्यो। यसैकारण विगत तीन दशकको अफ्रिकी लेखनमा नाटक, उपन्यास, कविता, आलोचना आदि सबै क्षेत्रमा बाढी नै उर्लियो। र औपनिवेशिक साम्राज्यवादीहरुको भाषा अपनाएर उनीहरुकै भाषामा उनीहरुकै विरुद्ध अफ्रिकी लेखक–कविहरुले आफ्नो लेखनको संघर्ष छेड्नु नै यसको विशेषता रह्यो।

सातौं दशकको उत्तरार्धसम्ममा वोल सोयिंका अफ्रिकाका एक महान र स्थापित नाटककार तथा कविको रुपमा स्थापित भइसकेका थिए। उनले नाइजेरियन गृहयुद्धताका जेल–यन्त्रणा भोग्नुप¥यो। यसैकारण उनका प्रारम्भिक रचनामा भविष्यप्रति आश्वस्तता र निराशा दुवै भाव समान रुपमा पाइन्छ। उनका कविता संकलन ‘इदेनेर र अन्य कविताहरु’ र उपन्यास ‘दी इन्टरप्रेटर’ गृहयुद्धबाट उत्पन्न सकारात्मक र नकारात्मक दुवै प्रकारका मानवीय मनोविज्ञानका रचना हुन्। गृहयुद्धले चिनुआ अचिवे, क्रिष्टोफर ओकिगबू, सायप्रियन एक्वेन्सी, इलेची अमादी, मेनियल ओकाबा आदिलाई यति प्रभावित र आन्दोलित तुल्याए कि पूरै एक दशकसम्म उनीहरुको सम्पूर्ण सिर्जना नै युद्धगत सिर्जना बनिरह्यो।

विगत तीन दशकको अफ्रिकी लेखनमा नाटक, उपन्यास, कविता, आलोचना आदि सबै क्षेत्रमा बाढी नै उर्लियो। र औपनिवेशिक साम्राज्यवादीहरुको भाषा अपनाएर उनीहरुकै भाषामा उनीहरुकै विरुद्ध अफ्रिकी लेखक–कविहरुले आफ्नो लेखनको संघर्ष छेड्नु नै यसको विशेषता रह्यो।

अफ्रिकाको अर्को हिस्सामा हेर्ने हो भने त्यहाँ पनि नगूजीका सम्पूर्ण लेखन युद्धबाट आक्रान्त देखिन्छ। माओ–माओ संघर्ष र त्यसपछि केन्याको स्वतन्त्रता दुवै स्थितिको घोर यथार्थ नगूजीका प्रथम दुई उपन्यासमा अभिव्यक्त भएको छ। ‘अ ग्रेन अफ ह्विट’ र ‘पेल्टज अफ ब्लड’ यी दुवै उपन्यासले उनलाई औपनिवेशिक राज्यको शत्रु बनाइदियो। नगूजीको यातना र संघर्षले समाजका ती ठूलठूला समस्याहरुतिर इंगित गर्दथे जसको सामना काला लेखकहरुले केवल शब्दहरुको माध्यमबाट गर्नु थियो। यसकारण सोयिंका र नगूजीको सातौं दशकका सम्पूर्ण लेखन लेखकको समाज तथा जनतासँग प्रतिबद्धताको लेखन हो। यही कारण हो कि यी दुई लेखकका प्रत्येक रचना राजनीतिक रुपले भन्दा अधिक लोकोन्मुखी छ। जब कि अन्य अफ्रिकी लेखकहरु आफ्नै पारम्पारिक परिदृश्यप्रति मात्र इमान्दार बनिरहे। 

आजको अफ्रिकी साहित्यभन्दा धेरै पहिले नै ‘नेग्रिट्युड स्कुल’का संस्थापक र पश्चिमी अफ्रिकाको महानतम राजनीतिक नेता तथा कविको रुपमा सेंघर स्थापित भइसकेका थिए। उनले अफ्रिकाको राजनीतिक जीवनका ती कठोर व्यवहारिकतालाई राम्ररी बुझेका थिए। जो पछि गएर सेंघर–काव्यमा मानवीय दर्शनको रुपमा प्रकट भयो। अफ्रिकामा राज गरिरहेका ‘साम्राज्य’हरुलाई केवल राजनीतिक रुपले मात्र होइन, दार्शनिक र सिर्जनात्मक रुपले पनि सेंघरले निरस्त गरे। यसैकारण उनको ‘नेग्रिट्युड’ अफ्रिकी सिर्जना एक चेतनशील र दार्शनिक शक्ति बन्न पुग्यो। आजको सम्पूर्ण अफ्रिकी साहित्य ‘कामनवेल्थ’ र विश्व साहित्यमा दलित र संत्रासग्रस्त मनुष्यको साहित्य हो। जसले आत्मसंघर्षद्वारा आफूलाई मुक्त गराए। यदि फ्रान्स उपनिवेशीहरुसँग मोपासाँ, बाल्जाक, फ्लाबेयर आदि थिए अथवा अङ्ग्रेजी तथा अमेरिकी उपनिवेशीहरुसँग इलियट, पाउण्ड, आडेन आदि थिए भने आजको अफ्रिकी साहित्यले पनि सगर्व भन्न सक्ने स्थितिमा छ कि ऊसँग पनि सेंघर र सोयिंका छन्, अचिवे र ओकिगबू छन्, र आफ्नो रचनाधर्मिताको एक पूर्ण साहित्यिक र कलात्मक आन्दोलन छ, चाहे, त्यसलाई कालो सौन्दर्य भनियोस, या ‘नेग्रिट्युड’ तर त्यो युरोप तथा अमेरिकाको कुनै कला आन्दोलन या सौन्दर्यवादको प्रतिलिपि हैन।

कालो कविता

त्यसो त अफ्रिका कवितामा भन्दा उपन्यासमा अगाडि छ र त्यहाँका आम पाठकहरुको रुची पनि औपन्यासिक अधिक र काव्यात्मक कम छ। तर, गत तीन दशकको कविताले कविताप्रति पाठकहरुलाई आकर्षित गर्दै आएको छ। उपनिवेशकाल र स्वतन्त्रताको प्रारम्भिककालसम्म पाठकहरुमा कविताप्रति नैराश्यता व्याप्त थियो। यहाँसम्म कि स्कुल तथा कलेजमा शिक्षकहरु कविता पढाउन त्यति उत्सुक देखिन्नथे। कविताप्रतिको यस्तो नैराश्यता तथा अरुची गत दुई/अढाई दशकका कविताले समाप्त गरेको छ र कविताप्रति पाठकहरुका एक प्रकारको रुची तयार गर्दै आएको छ।

अफ्रिकी कविताले यद्यपि पूरै पश्चिमी उपनिवेशवादका अनुभवहरु समेटे पनि यसको सबभन्दा ठूलो विशेषता आफ्नो रचनात्मकताको मानदण्ड या स्तर पश्चिमलाई नबनाई कनै आफैंभित्रदेखि ‘कालो सौन्दर्य’को आन्दोलन उत्पन्न गर्नु रह्यो। र नेग्रिट्युडको एक सम्पूर्ण स्कुल स्थापित गर्‍यो र आज त्यो चाहे दक्षिण अमेरिकाको सर्जकका शोषणको रचना होस, या सिंगै महाद्वीपका उत्पीडनको ‘कालो कविता’ आफ्नो समग्र रुपमा आफ्नो पारम्पारिकता र निजी आन्दोलनात्मक चेतनासँग उपस्थित छ। यसर्थ आजको अफ्रिकी कवितालाई घरेलु परम्पराको कविता पनि भनिन्छ।

अफ्रिकी कविता पश्चिमी अनुकरणबाट अनुप्रेरित नभई वैचारिक संघर्षबाट अभिप्रेरित छ। काला सर्जकहरुले उपनिवेशवादको कुनै तत्वलाई आदर्श नमानी आफ्नै जाति, आफ्नै संस्कृति र आफ्नै परम्पराको बीचबाट छुट्टै आदर्श चुने। उनीहरुले आफ्नो रचनाको भाषाको माध्यम भने अङ्ग्रेजी तथा फ्रेन्च नै चुने र यसो गर्नुको उद्देश्य उपनिवेशीहरुलाई उनीहरुकै भाषामा आफ्नो चेतनाको विष्फोटको सूचना दिन चाहन्थे– जो कुनै राजनीतिक विष्फोटभन्दा अधिक सशक्त र सार्थक विष्फोट थियो। उनीहरुले आफ्नो आदीम र पारम्पारिक कलारुपको निर्वाह गर्दै नयाँ सिर्जना गरे।

अफ्रिकी कविताले यद्यपि पूरै पश्चिमी उपनिवेशवादका अनुभवहरु समेटे पनि यसको सबभन्दा ठूलो विशेषता आफ्नो रचनात्मकताको मानदण्ड या स्तर पश्चिमलाई नबनाई कनै आफैंभित्रदेखि ‘कालो सौन्दर्य’को आन्दोलन उत्पन्न गर्नु रह्यो।

वोल सोयिंकाले– ‘पोयम्स अफ ब्लैक अफ्रिका’को नाममा लगभग दुई सय पचास कविताहरुको एक संकलन प्रकाशित गरे। उनले एकातिर चालिसको दशकका लेखिएका अङ्ग्रेजी, फ्रेन्च र पोर्चुगीज कविताहरुको कालो सौन्दर्यबाट विश्वभरिका पाठकहरुलाई हतप्रभ गराए भने अर्कोतिर योरुवा, स्पाहिलीले कविताको पारम्पारिक रुपद्वारा स्पष्ट पार्न खोजे कि पश्चिमी भाषाको माध्यम उनीहरुको साहित्यिक संघर्ष र आफ्नो अस्तित्वको स्थापनाको माध्यम हो जब कि देशीय भाषाहरुको माध्यम उनीहरुको सम्पूर्ण सांस्कृतिकता र घरेलु कला दृष्टिको माध्यम हो।

आधुनिक अफ्रिकी कविता आफ्नो व्यापकताका कारण फैलि“दो छ। यो एउटा उद्यानदेखि बर्बराउ शुरु गरेर लोकोक्तिपूर्ण भाषाको श्रेष्ठ रचनात्मकतासम्म पुग्छ। अफ्रिकी कविता बिम्बहरुको खोज र त्यसको कथ्यसँग सम्बद्धताको कविता हो। कविता पारम्भिक रुपमा सुद्ध अनुरञ्जन हो र यो अनुरञ्जनात्मक प्रवृतिले जनजीवनसँग सम्बन्धित आस्था र भावनाहरुको धार्मिक र सामाजिक क्रिया, कर्महरुलाई उद्बोधन गर्छ। यी सबै माध्यमद्वारा नै कविताले परिवर्तनशील दबाबहरुलाई पनि अभिव्यक्ति दिन्छ। यी तमाम माध्यमहरुको अतिरिक्त ‘कालो कविता’को सबभन्दा विचित्र विशिष्ट स्वभाव त्यतिखेर व्यक्त हुन्छ जब कविता एक सामुदायिक घटनाजस्तो घटछ। यसै सन्दर्भमा डी.आइ. न्वोग्वाको भनाइ छ– ‘कालो कविता एक प्रकारले यस्तो समूहगत घटना हो जो आफ्नै श्रोताहरुको समक्ष घट्छ, जस्को उद्देश्य पाठकहरुको अनुरञ्जनको साथसाथ उनीहरुलाई यो पनि बताउनु हो कि यो उनीहरुकै कविता हो। र श्रोताहरुले पनि कवि र कविताको बारेमा के सोच्छन्, आफ्नो प्रतिक्रियामा व्यक्त गर्छन्। कालो कविताको यो धारा विशेष गरी मौखिक धारा हो, जहाँ कविताको माध्यमबाट कविले यस्तो धारणा गरे झैं लाग्छ कि ऊ र उसको कविताले कुनै नयाँ विचार दिइरहेको छ अथवा कविता जनजीवनको विश्वाससँग जोडिएको परम्पराकै एक हिस्सा हो।’

अतः आधुनिक भएर पनि अफ्रिकी कविता आफ्नो मूल रुपमा मौखिक परम्पराकै कविता हो र यसैकारण न्वोग्वा आधुनिकलाई काल–विशेषण (टाइम ऐडजेक्टिभ) नमानेर कालो कविताको चरित्र तथा आचरणको अभिव्यक्ति मान्छन्। अब त अफ्रिकासँग लिखित कालो कविता पनि प्रशस्त छ र साथसाथ कविताको त्यो मौखिक रुप पनि जीवित छ जो कवितालाई उसको पारम्परिक पहिचानबाट पृथक राख्दैन।

कविताको आधुनिकता

यदि ‘मोर्डन’ (आधुनिक) शब्दलाई हामीले आजको कविताको रुपमा स्वीकारेर अफ्रिकी कवितालाई नियाल्ने हो भने लाग्छ कि ‘मोर्डन’ शब्दको प्रयोग त्यो लिखित कविताको सन्दर्भमा अधिक सार्थक छ जो औपनिवेशिक अनुभवको कविता हो। यस्तो कविता कुनै कालको कविता नभएर शताब्दीको मोडकोे कविता हो जसको सम्बन्ध सोझै अफ्रिकाको मुक्तिसंघर्षसँग छ। आधुनिक कविताको लोकोक्ति त कालो कवितामा त्यस समयमा प्रवेश गर्‍यो, जब सन १९५७ मा गेब्रियल ओकाराले ‘ब्लैक आरफियस’को प्रथम अङ्कमा आफ्ना रचनाहरुको त्यस्ता नाम दिए। यसभन्दा अघि कालो कवितालाई हमेशा ‘पायोनियर कविता’को नामले जानिन्थ्यो। पायोनियर कविताका अग्रगामी कविहरु पनि त्यस समय कार्यरत थिए र देनिस ओसादिबे, एजिकिवी, ग्लेडिस हेफर्ड, क्रिप्नि जार्ज आदिका रचनाहरुले अखबार, रेडियो, पत्रिका आदिको माध्यमबाट कविताभित्र अवस्थित अफ्रिकी सर्जकको चेतनशीलताको अभिव्यक्ति दिन्थे। ओकाराले एक नयाँ दिशाबोध, नयाँ प्रखरता र नयाँ शक्ति प्रदान गरेर कविताको त्यो सामथ्र्यलाई प्रकट गरे जो अफ्रिकी कविहरुको अङ्ग्रेजी रचनामा पहिले कतै प्रकट हुन सकेको थिएन। यसर्थ अफ्रिकी कवितामा आधुनिकताको प्रभाव केवल तीन दशक पुरानो हो, जुन ओकारादेखि प्रारम्भ हुन्छ। अङ्ग्रेजी भाषाको विदेशीपन र मूल निवासीहरुको अशिक्षाको कारणले यसभन्दा अघि अफ्रिकी कविताले मौखिक परम्परामा मात्र सीमित रहनुपर्‍यो। ओकाराले पारम्पारिक कवितालाई नयाँ नयाँ सम्भावनाहरुसँग जोडेर त्यसलाई सामाजिक र राजनीतिक स्वरुप पनि प्रदान गरे।

आधुनिक अफ्रिकी कविता आफ्नो व्यापकताका कारण फैलि“दो छ। यो एउटा उद्यानदेखि बर्बराउ शुरु गरेर लोकोक्तिपूर्ण भाषाको श्रेष्ठ रचनात्मकतासम्म पुग्छ।

कुनै पनि देशको कविता त्यस देशका केही कविहरुकै माध्यमबाट जान्न सकिन्छ। उनीहरुको आफ्नो विषय, संवेदना, संवेग, शैली, अभिव्यक्ति आदि–इत्यादिद्वारा प्रमाणित गर्न चाहन्छन् कि उनीहरु कुनै खास राज्य तथा मुलुकका कवि हुन्। जसरी आम आधुनिक कविताको भाषा वक्र र व्यङ्ग्यात्मक छ, त्यसरी नै अफ्रिकी कविताले पनि यस विधामा बडो तीखो तरिका अपनाएको छ, जसका केही उदाहरण टामस चिगबूको रचना ‘अ नाइजिरियन डेथ राइड’, ओकाराको ‘द भ्वाइस’ र सेंघरको ‘न्युयोर्क’मा पाइन्छ।

सन १९६० आधुनिक अफ्रिकी कविताको एक महत्वपूर्ण र काल निर्धारक वर्ष रह्यो। यो सत्य हो कि ‘ब्लैक आर फ्रियस’को प्रथम अङ्क जब इबादानमा निस्कियो तब आधुनिकताको पहिलो स्वर ओकाराका कवितादेखि मुखरित भयो। तर, आधुनिकताको यो पहिलो फुसफुसाहट कुनै उद्घोष बन्न सकेन र कालो कवितामा आधुनिकता तबसम्म रोकिनु प¥यो जबसम्म कि सन १९६२ मा ओकाराका ‘मबरी’ र ‘इबादान’मा नयाँ रचनाहरु प्रकाशित भएनन्।

सन १९६२ देखि ६४ को बीचमा छ नयाँ कविहरु प्रकाशमा आए, जसका रचनाहरुले अफ्रिकी कविताको आधुनिकताको नाममा सार्थकता थपे र यी कविहरु हुन्– नाइजेरियाका क्रिष्टोफ ओकिगबू, जे.पी. क्लार्क र ओकागबू, ग्लोरी न्वानोदी, घानाका जार्ज विलियम्स, गाम्बियाका लेनेरिये पिटर्स र दक्षिण अफ्रिकाका डेनिस ब्रुटस। ‘पायोनियर’ कवि आरमेती र डेनिस ओसादेवीका कविताहरुको तुलनामा यी कविका कविताहरु आधुनिक छन् र यी ती कवि हुन् जो गम्भीरताका साथ आधुनिकता रचिरहेका छन्। पाल थीरोले यी छ कविहरुको अध्ययन र विश्लेषण आफ्नो पुस्तक ‘भ्वाइसेस आउट अफ द स्केल’मा गरेका छन्।

यी छ कविहरुले आफ्नो कविताको कुनै मत या ‘ट्रेण्ड’ रचेनन् र भौगोलिक रुपले फैलिएको कारण उनीहरुको लागि कुनै एक विचारधाराको स्कुल कायम गर्नु मुस्किल थियो। तर, उनीहरुको अनुभव यति नयाँ र विशिष्ट थियो कि उनीहरु आफैं आधुनिकतासँग जोडिन पुगे। उनीहरुमा एक विश्वव्यापी जागृति र त्यससँग सम्बद्ध साहित्यको रचनाक्रमको प्रवृति जागृत भयो। एक समय यस्तो पनि थियो कि सम्पूर्ण अफ्रिकामा कविता सुन्न र सुनाउनलाई आनन्द मानिन्थ्यो। ‘मबरी’ कविता प्रतियोगिताहरु सन १९६२ सम्ममा पूरा महाद्वीपमा लोकप्रिय बन्यो जसमा कविता पाठ गरेर दक्षिण अफ्रिका र नाइजेरियाका अनेक कविहरुले पुरस्कार जिते। यस प्रकार उनीहरुमा कविता र त्यसको रचनाशीलताप्रति एक नयाँ चेतनाले जन्म लियो।

आधुनिकतामा प्रवेश गर्न र अन्तर्राष्ट्रिय साहित्यिक सिर्जना र समालोचनासँग जोडिनका लागि अफ्रिकी सर्जकहरु पनि उत्सुक हुन थाले। डेनिस ब्रुटस र क्रिष्टोफर ओकिगबू आधुनिकताको प्रभावलाई अपनाउने प्रथम कवि हुन्। केही हदसम्म अफ्रिकाको प्रारम्भिक आधुनिकताप्रेमीहरुलाई कविताको सङ्गीत पक्षले धेरै आकर्षित ग¥यो र ओकिगबूले ‘हेवन्सगेट’ रच्दा सङ्गीतात्मकताको गहिरो प्रभावलाई प्रयोग पनि गरे। उनले पछि गएर आफ्नो सङ्ग्रह ‘लेब्रिन्थ्स’को भूमिकामा स्वीकारे कि यस सङ्ग्रहका कविता ‘लेमेन्ट अफ द साइलेण्ट सिस्टर्स’मा प्रसिद्ध पादरी कवि हापकिन्सको प्रसिद्ध रचना ‘द रेक अफ द ड्युलैण्ड’को गहिरो प्रभाव छ। पश्चिमी विचार र सङ्गीतले ओकिगबूलाई अत्यन्त प्रभावित पा¥यो र स्पष्टतः मेलवीलेका पत्र (जो हार्थनले लेखेका थिए)लाई आफ्नो सिर्जनाको प्रेरणाको स्रोत मान्छन्। मेलकाल काँवले, राजा रत्नम, स्टिफन मलार्मे, रवीन्द्रनाथ ठाकुर, ग्रेशिया लोरका, पीटर टामस, हापकिन्स जहाँ साहित्यिक चेतनाका आधुनिक श्रोत थिए, त्यही ग्रीक ओड्ज बेबीलोन, पेलीनूरस, अनीसको जहाज र तम्मुजको लागि इश्ताको विलाप आदि ठूला रचनाहरुभित्रका कथ्यात्मकताहरुले अफ्रिकी सर्जकहरुको लागि सिर्जनाको व्यापक सम्भावना उत्पन्न गराए।

 

प्रकाशित: ९ चैत्र २०७५ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App