१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्लस्टिक प्रयोगमा रोक लगाइने

सोलुखुम्बु – नेचासल्यान गाउँपालिकाले सिसाजन्य र प्लास्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चैत ५ मा बसेको गाउँसभाले आर्थिक वर्ष २०७६÷७७ को साउन १ देखि गाउँपालिकामा सिसा र प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

सफा गाउँपालिका बनाउन सिसा र प्लास्टिकलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताए । साउनदेखि पूर्ण रुपमा प्रतिबन्ध लगाउने गरी पूर्वाभ्यास थालिएको बास्तोलाले बताए।

जल, जमिन र वातावरणमा दीर्घकालीन असर पार्ने वस्तुको प्रयोगमा कमी ल्याउन सर्वसधारण, होटल, पसल सञ्चालक र व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गर्ने गाउँपालिकाको तयारी छ । यसअघि सोलुदूधकुण्ड नगरपालिकाले सिसा र प्लास्टिकका वस्तु प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ ।
 

प्रकाशित: ९ चैत्र २०७५ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App