१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्- सेक्स गर्न ठूलाे ठाउँ चाहिँदैन

सिंगापुरकी वरिष्ठ मन्त्री जोसेफिन तियोले सेक्सका लागि धेरै ठाउँ नचाहिने बताएकी छन् । सिंगापुरमा घट्दो शिशु जन्मदरलाई लिएर मन्त्री जोसेफिनले सरकारी मिडियामाझ भनिन्– सेक्स गर्नलाई धेरै ठाउँको जरुरत पर्दैन । कम ठाउँमा पनि यो गनै सकिन्छ ।

जनसंख्या वृद्धिको घट्दो अनुपातलाई मध्यनजर गर्दै ती मन्त्रीलाई सोधिएको थियो– के सिंगापुरका युवा वर्ग आफूसँग घर नभएकै कारण बच्चा नजन्माएका हुन् ? त्यसकै जवाफमा मन्त्री जोसेफिनले उक्त जवाफ दिएकी थिइन् । 

सिंगापुरका युवा वर्ग आफ्ना आमाबुबासँग रहँदा बच्चा जन्माउन नचाहने अनुसन्धानले देखाएको छ । जबकी मन्त्री जोसेफिन भन्छिन्– सम्पत्ति प्राथमिकतामा राख्नु हुँदैन । सरकारले आफ्ना जनतालाई परिवार बढाउन प्रोत्साहन गरिरहेको छ ।

विश्वको अन्य धनी राष्ट्रजस्तै सिंगापुरमा पनि शिशु जन्मदर एकदमै न्युन छ । सन् २०१३ मा सरकारले बच्च जन्माउन चाहनेहरुका लागि घर किनिदिने योजना सुरु गरेको थियो । 
 

प्रकाशित: २९ आश्विन २०७३ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App