१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन्। शुक्रवार बसेको उद्योग वाणिज्य प्रवर्द्धन परिषदको दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रबन्ध मिलाउन निर्देशन दिए। परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने स्पष्ट पारे। “गणतन्त्र आएको छ ,संघीयता आएको छ, आवधिक चुनाव भएको छ”, उनले भने, “अब के चाहिएको हो? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने? त्यस्तो हुँदैन। सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ।”

प्रकाशित: ८ चैत्र २०७५ १५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App