१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोदालाले खनेर सडक र सुरुङ निर्माण गर्न सक्ने क्षमता नेपालीसँग छ : प्रम ओली

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अशान्ति र बितण्डाको युग समाप्त भएको बताएका छन्। दुई ठुला आयोजनाको शुभारम्भ गर्न शुक्रबार रुपन्देही आएका प्रधानमन्त्री ओलीले मुलुकमा बिखण्डन र अशान्तिको समस्या नरहेको भन्दै देश सुशासन र विकासतर्फ अगाडि बढेको दावी गरे। प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ ४ लेन सडक शिलान्यास तथा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुभारम्भ गरेका थिए।

प्रधानमन्त्री ओलीले विस २०७५/८० लाई सडक युग र २०८० देखि ०८५ लाई सुरुङ युगको रुपमा विकासमा छलाङ मार्ने योजना सुनाए। कोदालाले खनेर सडक र सुरुङ्ग निर्माण गर्न सक्ने क्षमता र शक्ति नेपालीसँग रहेको प्रधानमन्त्रीको भनाइ थियो।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपातर्फ संकेत गर्दै उनले अशान्ति र बितण्डा मच्चाउनेलाई धेरै सम्झाउँदा पनि नमानेकाले प्रतिबन्ध लगाइएको र सरकारलाई नटेरे कानुन बमोजिम कारबाही गर्ने बताए। ‘अब देशमा बम पडकाउन, उत्पात मच्चाउन, मान्छे मार्न पाइँदैन। त्यसलाई प्रतिबन्ध लगाइएको छ। यदि कसैले टेरेन भने कानुन बमोजिम कारबाही हुन्छ। सबैले यो कुरा बुझे हुन्छ’, ओलीले भने। हिंसा मच्चाउनेलाई नियन्त्रण गर्न खोज्दा बर्बादै भयो भनेर केही शक्तिहरु रोइकराई गर्न थालेको भन्दै उनले विध्वंशकारी गतिविधि गर्ने धुन्दुकारीलाई निमिट्यान्न पारेर डरत्रास मुक्त वातावरण निर्माण गर्ने उल्लेख गरे। मलुकमा दिगो शान्ति र चौतर्फी विकासको लहर आउन थालेपछि केहीलाइ आफ्नो दोकान बन्द होला भन्ने पीर परेको उल्लेख गरे।

केही संचारमाध्यम र बुद्धिजिवीलाई समेत वातावरण धमिल्याउन प्रयोग गरिएको र सरकारको बिरोधमा उतारिएको प्रधानमन्त्रीको दाबी छ। ‘कोही कोही विमानस्थल बने पनि बर्बादै भयो भन्दै छन, बाटो चौडा भए पनि लौ बाबार्द भो भन्छन। हिंसात्मक गतिविधि नियन्त्रण गर्दा झनै बबार्दै भो भनेर कराउँछन। बुद्धिजिवी हुँ भन्नेहरु बुरुक्क बुरुक्क उर्फन्छन’, ओलीले भने।

यसअघिको सरकारले कुनै काम गर्न नसकेको र बर्तमान सरकारका कामप्रति अहिले रोइलो गरिरहेको दावी गर्दै ओलीले भने, ‘मलुकमा दिगो शान्ति र चौतर्फी विकासको लहर चलेको कसैकसैलाई सैह्य भएको छैन।’ मुलुकमा चौतर्फी विकासको लहर चलेको दावी गर्दै उनले डरत्रासबाट मुक्त वातावरण निर्माण गर्न सरकार कटिबद्ध भएर लागेको बताए। मुलुकमा एकै बर्षमा  विकास र समृद्धिको लहर ल्याउन सफल भएको दावी गर्दै ओलीले काम नगर्नेहरु कुना पसेर कुरा काटिरहे पनि सरकारले आफनो रफ्तार पक्रिसकेको दावी गरे। ‘सरकार समृद्ध राष्ट्र निर्माणमा रफ्तारले अगाडि बढेको छ। कसैले रोइकराई गर्दैमा यो रोकिँदैन’, उनले भने।

नेपाल मगन्तेहरुको देश नभएको भन्दै उनले आफ्नै प्राकृतिक श्रोत साधनको सदुपयोग गरेर समृद्ध बन्ने बताए। फलाम, खनिज, सुनजस्ता खानीहरु प्रशस्त भएकाले समृद्ध राष्ट्र बनाउन सकिने तर्क गरे।

बैदेशिक लगानी आउँदैन भनेर केही व्यक्तिले हल्ला चलाइरहेको भन्दै ओलीले असल छिमेकीले  सहयोग गरे लिने नभए नेपालीकै पौरखले ५ बर्षमा समृद्धिको छलाङ मार्ने दृढता व्यक्त गरे। नेपाल मगन्तेहरुको देश नभएको भन्दै उनले आफ्नै प्राकृतिक श्रोत साधनको सदुपयोग गरेर समृद्ध बन्ने बताए। फलाम, खनिज, सुनजस्ता खानीहरु प्रशस्त भएकाले समृद्ध राष्ट्र बनाउन सकिने तर्क गरे। 

प्रधानमन्त्री ओलीले विस २०७५/८० लाई सडक युग र २०८० देखि ०८५ लाई सुरुङ युगको रुपमा विकासमा छलाङ मार्ने योजना सुनाए। कोदालाले खनेर सडक र सुरुङ्ग निर्माण गर्न सक्ने क्षमता र शक्ति नेपालीसँग रहेको प्रधानमन्त्रीको भनाइ थियो। 

उनले लुम्बिनी तौलिहवा, तिलौराकोट सडक ४ लेन बनाउने, लुम्बिनीमा अन्तर्राष्ट्रिय मापदण्डकै उत्कृष्ट पर्यटकीय पूर्वाधार बनाइने, सिद्धबाबामा सुरुङ निर्माण, बर्दिया–बुटवल सडकलाई ४ लेनमा स्तरोन्नती गर्ने जस्ता विकासे आयोजनालाई समावेश गरेर काम अगाडि बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री तथा अधिकारीलाई कार्यक्रमको मञ्चबाटै निर्देशन दिए। ठुला आयोजनालाई ढुंगागिट्टी अभाव भएकोबारे कार्यक्रममा उठेका सवालमा प्रधानमन्त्रीले भए हालकै स्रोतसाधन प्रयोग गरेर नभए पहाड काटेर भए पनि आपूर्ति गरिने बताए। प्रधानमन्त्री ओलीले विकास, समृद्धि र दिगो शान्तिका लागि राष्ट्रिय एकता, आत्मविश्वास र दृढता आवश्यक भएको कुरा भने कार्यक्रममा पटक पटक दोहो¥याए। 

प्रकाशित: ८ चैत्र २०७५ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App