१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पाँच लाखभन्दा कम कारोबार प्यानमुक्त

काठमाडौं – दोस्रो बजारमा एकपटकमा पाँच लाख रुपैयाँभन्दा कमको कारोबार गर्नेलाई स्थायी लेखा नम्बर (प्यान) नचाहिने भएको छ। वैशाख १ गतेबाट दोस्रो बजारमा एकपटकमा पाँच लाख वा सोभन्दा बढी कारोबार (किनबेच) गर्ने लगानीकर्तालाई भने प्यान अनिवार्य गरिएको छ।

एकपटकमा पाँच लाख रुपैयाँभन्दा कम कारोबार गर्नेले ऐच्छिक रुपमा प्यान लिन सक्ने तर, अनिवार्य नगरिएको नेपाल धितोपत्र बोर्डको भनाइ छ। साना लगानीकर्तालाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरिएकोमा कतिपय लगानीकर्तालाई यसबारेमा केही द्विविधा भएको गुनासो गरेपछि बोर्डले बिहीबार एक विज्ञप्तिमार्फत प्रस्ट पारेको हो।

‘दोस्रो बजारमा धितोपत्र किनबेच गर्दा दिनभरीको कारोबार वा पटकपटकको कुल कारोबारको नभई एक पटकमा पाँच लाख वा सोभन्दा बढीको कारोबार गरेमा मात्र स्थायी लेखा नम्बर अनिवार्य हुने बेहोरा जानकारी गराइन्छ,’ बोर्डका प्रवक्ता निरज गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित: ८ चैत्र २०७५ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App