१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लुक्दै देखिँदै स्टार सन्तान

मुम्बई – भारतीय अर्बपति मुकेश अम्बानी र नीता अम्बानीका छोरा आकाश अम्बानीको श्लोका मेहतासँगको ‘हाइ प्रोफाइल विवाह’ पनि गत मार्च १० मा मुम्बईको जियो पार्कमा एक विवाह पार्टीको आयोजना गरिएको थियो। अम्बानी परिवारको यो वैवाहिक समारोहमा बलिउड स्टारका अलावा खेल र राजनीति जगतका कैयौं चिनिएका अनुहार आमन्त्रित थिए। विवाह र त्यसपछि आयोजना गरिएको पार्टीमा खिचिएका धेरै भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल नै भए। भिडियो भाइरल हुनेमा अभिनेता अभिषेक बच्चन र अभिनेत्री पत्नी ऐश्वर्या राय बच्चनकी छोरी आराध्या पनि थिइन्।

आकाश र श्लोकाको पार्टीमा एकएक स्टार स्टेजमा आउँदै मिडियाको अगाडि उभिएर पोज दिइरहेका थिए। यही क्रममा अभिषेक र ऐश्वर्या पनि छोरी आराध्याका साथ स्टेज पुगे। स्टेजमा अभिषेक र ऐश्वर्या फोटोग्राफरलाई फोटो पोज दिइरहँदा उनीहरूकै छेऊमा रहेकी आराध्या कहिले दाँया त कहिले बायाँ टाउको घुमाइरहेकी थिइन्। यही समयमा अभिषेक र ऐश्वर्याले निहुरिएर आराध्यालाई केही भनिरहँदा लगातार क्यामराको फ्ल्यास उनीहरूप्रति चम्किइरहेको थियो। त्यही बेला आराध्याले बोलेको एक भिडियो रेकर्ड भयो। जहाँ उनले ‘अब रोक’ भनेकी थिइन्। उनको यो भनाईले पनि मिडियाबाट आफु लुक्न चाहेको प्रष्ट देखिन्थ्यो।

बलिउडका केही स्टारहरू आफ्ना सन्तानलाई मिडियाको अगाडि ल्याउन लालयित भइरहे पनि केही स्टार चाहिँ क्यामरा र मिडियाबाट सन्तानलाई टाढै राख्न चाहन्छन्।

बलिउडका केही स्टारहरू आफ्ना सन्तानलाई मिडियाको अगाडि ल्याउन लालयित भइरहे पनि केही स्टार चाहिँ क्यामरा र मिडियाबाट सन्तानलाई टाढै राख्न चाहन्छन्। अक्षयकुमार पनि त्यस्ता कलाकारमा पर्दछन्। जो आफ्नो सन्तानलाई मिडियाबाट टाढै राख्न रुचाउँछन्। तर केही दिन अघि मात्र अक्षय पत्नी ट्वींकल खन्ना छोरीसँग बाहिर निस्कँदा पापराजीको फन्दामा परी ट्रोल नै भइन्। अक्षयजस्तै अभिनेता अजय देवगन र काजोल दम्पती पनि सन्तानलाई मिडियाबाट टाढै राख्न चाहन्छन्। सिंगापुरमा अध्ययनरत काजोल र अजयकी छोरी न्यासा पनि केही दिन अघि पापराजीको शिकार भइन्। पापराजीले सामाजिक सञ्जालमा न्यासाले लगाएको पहिरनलाई ट्रोल बनाए। छोरीको ट्रोल देखेपछि अजयले एक अन्तरवार्तामा कैयौंपटक बलिउडमा आफुले गरेको अपराधको सजाय सन्तानले भोग्ने गरेको भन्दै दुःख व्यक्त गरेका थिए। अजय र काजोलका छोरा युग पनि ट्रोलर्सको निशानामा परिसकेका छन्।

अर्का बलिउड स्टार शाहरुख खानकी छोरी सुहाना पनि सामाजिक सञ्जालमा सन् २०१८ मा ट्रोलर्सको निशानामा परेकी थिइन्। उनले इन्स्टाग्राममा आफ्नो एक बिकिनी तस्बिर शेयर गरेकी थिइन्। जुन तस्बिरलाई ट्रोलर्सले निशाना बनाएको थियो। बलिउडमै केही कलाकार छन्। जो आफ्नो सन्तानलाई मिडियाको अगाडि उभ्याउन अप्ठ्यारो मान्दैनन्। यसमा करीना कपूर र सैफ अली खान पहिलो नम्बरमा पर्छन्। उनीहरूको छोरा ‘नवाब’ तैमूर अली खान दैनिकजसो सञ्चारमाध्यममा छाइरहन्छन्।

तैमूर भारतका चम्किला स्टार सन्तान हुन्। करीनाका अलावा उनकी दिदी करिश्मा कपुर पनि प्रायः सन्तानका साथ मिडियामा छाइरहन्छिन्। उनीबाहेक सोहा अली खान पनि कैयौंपटक छोरीका साथ सार्वजनिक स्थानमा देखिइरहन्छिन्।

 

प्रकाशित: ७ चैत्र २०७५ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App