१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विकासमा युवालाई संलग्न गराउनु पर्छ

काठमाडौं - विश्व सामाजिक कार्य दिवसको सन्दर्भमा आयोजित दिगो विकास राष्ट्रिय सम्मेलनमा सामाजिक कार्य विषय अध्ययनले दिगो विकासलाई सहयोग पुग्ने भएकाले सरोकारवाला निकायहरुको समन्वयमा दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले सामाजिक कार्य शिक्षा अध्ययन गरेका विद्यार्थीले आफ्नो अध्ययनसँगै सामाजिक कार्यमा समेत लाग्नुपर्ने बताए। ‘सामाजिक कार्य शिक्षा अध्ययन गरेका विद्यार्थीलाई सामाजिक कार्यमा लायाउँदा विद्यार्थी र समाजलाई सकारात्मक बाटोमा डो-याउन सहयोग पुग्छ,’ उनले बताए।

युएनडिपीका प्रतिनिधि एसानाई मेडागंगोडा लोवले आम युवाहरुलाई शीपमूलक तालिम र सशक्तीकरणका लागि दिगो विकासका लक्ष्यले सहयोग पु¥याउने बताइन्। ‘मानव अधिकारको सवलीकरणका लागि युवाहरुको हक अधिकारलाई संयुक्तराष्ट्र संघको मानव अधिकार दस्तावेजले संरक्षण गर्दै आएको छ,’ उनले बताइन्। संयुक्तराष्ट्र संघले प्रदान गरेको अधिकार पूर्ण रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा मात्रै दिगो विकासका बाटो अघि बढ्ने उनले बताइन्। त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारकर्मी सरु जोशीले युवापुस्ता समाज परिवर्तन गर्न एकजुट हुनुपर्ने बताइन्। ‘परिवर्तन हामी, हाम्रो समाज र सरकार एकजुट भए मात्र आउँछ,’ उनले बताइन्। महिला हक अधिकारका निम्ति धेरै नीति नियम कानुन बने पनि त्यो कागजमा मात्रै सिमित भएको उनले बताइन्। अहिले पनि बालबिबाह, दाइजो, छाउपडीजस्ता कुप्रथा समाजमा व्याप्त भएकाले त्यसविरुद्ध लाग्नुपर्ने बताइन्।

कादम्बरी कलेजकी प्रमुख प्रदिप्ता कादम्बरीले मानव सम्बन्धलाई बढाउन, विद्यार्थीहरुका ज्ञान र कौशल तथा क्षमता बढाउन सम्मेलन आयोजना गरिएको बताउँदै आगमी दिनहरुमा पनि कलेजले दिगो विकास लक्ष्यसँग सान्दर्भिक हुने कार्यक्रमलाई निरन्तरता दिने बताइन्। कार्यक्रमा युवा अभियान्ता गणेशप्रसाद घिमिरेले विश्व सामाजिक कार्य दिवसले सम्पूर्ण सामाजिक क्षेत्रमा आवद्ध समुदाय, व्यक्ति, संघसंस्था र शैक्षिक केन्द्रहरुले दिगो विकास लक्ष्यमा आधारित १७ वटा बुँदालाई दिगो विकासमा उन्मुख गराउन युवाहरुलाई सामाजिक कार्यमा सहभागी गराउनुपर्नेमा जोड दिए।

ललितपुरको टेवामा भएको सम्मेलनमा उपत्यकालगायत देश भरका करिब एक सय ८० विद्यार्थीको सहभागिता थियो। कार्यक्रममा कादम्बरी मेमोरीयल कलेज, स्कुल अफ सोसल वर्क र काठमाडौं महानगरपलिकाको सहकार्य, युएनडिपी, नेपाल मेडिसिटी हस्पिटल, विकासकीय शिक्षा, अनुसन्धानको लागि शुत्र, लायन्स क्लब र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थियो।

प्रकाशित: ७ चैत्र २०७५ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App