१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तराईमा धुमधामका साथ होली मनाईँदै

काठमाडौँ – बुधबार हिमाली र पहाडी क्षेत्रमा देखिएको होलीको रौनक बिहीबार भने तराईका देखिएको छ। तराईका जिल्लामा धुमधामका साथ होली पर्व मनाईँदै छ।

पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ।  एकआपसमा सद्भावपूर्वक रंग, अबिर लगाएर खुशी साटासाट गर्दै यो पर्व मनाउने गरिन्छ।  त्रेता युगमा भगवान विष्णुका भक्त प्रल्हादलाई होलीसँग जोडेर हेर्ने गरिएको छ। हिरण्डकश्यपुका छोरा प्रल्हादलाई फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनदेखि यो पर्व मनाउने धार्मिक विश्वास छ।

होलीमा हुने उत्छृङखल गतिविधिलाई ध्यानमा राखेर प्रहरीले तराईका जिल्लामा निगरानी बढाएको छ। इच्छा विपरीत जबरजस्ती रंग दल्न खोज्ने, लोला तथा पिच्किरी हान्नेलार्ई कारबाही गर्ने प्रहरीले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७५ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App