१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

काठमाडाैं- राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा प्रमोद यादव नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ। 

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गरेकाे उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ। न्याम्सको उपकुलपति पदमा प्रा डा डिएन साह फागुन ३० गते नियुक्त भएकाे थियाे। रासस

प्रकाशित: ६ चैत्र २०७५ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App