१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धनुषामा एकै दिन तीनको मृत्यु

जनकपुर–धनुषाको विभिन्न स्थानमा शुक्रबार तीन जनाको मृत्यु भएको छ। एक बालक र एक अधवैसे मृत अवस्थामा फेला परेका छन् भने ६० वर्षीय एक वृद्धले घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

जनकपुर –४ स्थित शान्तिनगरमा घर भएको विजय महतोका १२ वर्षीय छोरा विकास बिहीबारबाट हराइरहेका थिए। शुक्रबार जनकपुर–जटही सडक खण्डस्थित गंगुली नजिक कल्भर्ट मुनि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। 

मानसिक सन्तुलन बिग्रेको विकासलाई पहिलेदेखि घरमा फलामे सिक्रीले बाँधेर राखिरहेको अवस्थामा बिहीबार एकासी उम्केर हराएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मनोज यादवले भने, ‘गंगुलीसम्म कसरी पुग्यो र मृत्यु भयो त्यसवारे अनुसन्धान सुरु गरेका छौं ।’ प्रारम्भिक अनुसन्धानले घटना रहस्यमय देखिएको बताउँदै उनले मृतक बालकको शरीरमा कुनै किसिमको घाउ, खत नदेखिएको जनाए। 

त्यस्तै, सबैला नगरपालिकाको सतोषर पोखरीमा स्थानीय ३५ वर्षीय मदन यादव मृत अवस्थामा फेला परेका छन्। सबैला –७, मखनाहा घर भएका मदनको पनि मानसिक सन्तुलन ठीक नरहेको स्थानीय राजेश यादवले जनाए । केही महिनादेखि मानसिक सन्तुलन गुमाएका उनको गाउँदेखि करिब पाँच किलोमिटर दक्षिण सतोषर पोखरीमा शुक्रबार शव भेटेको उनले जानकारी दिए । उक्त घटनावारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

शुक्रबारै, जिल्लाको पूर्वी भेग पटेर्वामा ६० वर्षीय श्रीनारायण अधिकारीले घाँटीमा पासो लगाएर आँपको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पटेर्वा –९ का उनले वृद्धावस्थामा आत्महत्या किन गरे, अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जनाए । 

प्रकाशित: २८ आश्विन २०७३ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App