साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा

बुधबार, ०६ चैत २०७५, १३ : ०१ नागरिक

विराटनगर– श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहिद रंगशालामा भएको पहिलाे सेमिफाइनलमा श्रीलंकालाई ४–० काे फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। 

नेपालकाे जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल थप्यो।

७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन्। विपक्षी गोलकपिरबाट रिबाउन्ड भएको बलमा अनिताले गोल गरेकी थिइन्। ८२ औं मिनेटमा सावित्रा भण्डारीले टोलीको अग्रता तेब्बर पारिन्। उनले अनिताको क्रसमा पेनाल्टी क्षेत्रभित्रबाट हेडरमा गोल गरेकी हुन्।

त्यस्तै रेखा पौडेलले ८६ औं मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई ४–० मा पुर्याइन्।  अनिताले प्रहार गरेको बललाई रोक्दै रेखाले गोल सुन्दर गरेकी थिइन्। रेखा ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी थिइन्। रेखाको सिनियर टोलीबाठ यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

नेपालले अब फाइनलमा दोस्रो सेमीफाइनलको विजेतासँग शनिबार खेल्नेछ। अर्को सेमिफाइनलमा भारत र बंगलादेश आज दिउँसो  ३ बजे भिड्दैछन्।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

माइती नेपाललाई स्ट्यान्डर्ड चार्टर्डबाट मेसिन

माइती नेपाललाई स्ट्यान्डर्ड चार्टर्डबाट मेसिन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माइती नेपाललाई स्यानिटरी नेपकिन निर्माण गर्ने दुई मेसिन हस्तान्तरण गरेको जनाएको छ । ...