१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फन रन सम्पन्न

काठमाडौं – हाइयर ग्राउन्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा शनिबार ५.२ किमि फन रन सम्पन्न भएको छ। उक्त कार्यक्रममा १२ सयभन्दा बढी  महिला, बालबालिका र पुरुषहरूको सहभागिता  थियो। विगतका वर्षमा पनि फोर्डले महिला सशक्तीकरण कार्यक्रम आयोजना गर्दै आएको थियो।

उक्त दौडमा महिलातर्फ  रसिला तमाङ प्रथम, गनिसा महर्जन दोस्रो र सुरेयन्सा खत्रीले तेस्रो स्थान प्राप्त गरे भने पुरुषतर्फ उज्ज्वल खरेल प्रथम, सोम गुरुङ दोस्रो र सुवर्ण थपलियाले तेस्रो स्थान प्राप्त गरे। कार्यक्रममा महिला उद्यमीहरूले बनाएका नेपाली उत्पादनका सरसामानका स्टल पनि राखिएका थिए।

 

प्रकाशित: ६ चैत्र २०७५ ००:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App