१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

समयमा सामान नपुग्दा हुम्लाका ११ वटा झुलुंगे पुलको बेहाल

हुम्ला - सम्झौताको ५ व्र्ष बितिसक्दा पनि ठेकेदारले समयमा निर्माण सामग्री नपुर्‍याउँदा हुम्ला जिल्लाका विभिन्न ठाउँमा निर्माणाधीन झुलुंगे पुल अलपत्र परेका छन्। २०७१ सालमा तल्कालीन जिल्ला विकास समिति हुम्लाले पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरेको थियो। 

त्यतिबेलै निर्माण सामग्री ढुवानीका लागि टेण्डर पनि आह्वान गरिएको थियो। त्यसबेलै तत्कालै सप्लायर कम्पनीसँग सम्झौता भई पुल निर्माण कार्य आर्थिक वर्ष ०७३/७४ मै सम्पन्न हुनुपर्ने थियो। तर सप्लायर कम्पनीले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थान जोड्ने ११ वटा झुलुंगे लथालिंग परेका हुन्। 

टेन्डर आह्वान भएका पुलमा मुच, घटेखोला, बुराउसे, ठाडोखोला ठेहे, सिक्पा खोला, पुल राहदेव, चारटङग्रे झुलुङ्गे पुल चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला श्रीनगर, खारखोला दार्मा, मिमि खोला, पोरीगाउँ खोला झुलुङ्गे पुल नेप्का, बालुखोला रोडिकोट र चाँफेतडी  झुलुङ्गे पुल श्रीनगर छन्।

२०७१ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले मुचु, घटेखोला बुराउसे, ठाडोखोला ठेहे, सिक्पा खोला राहदेव गरी ४ वटा झुलुंगे पुल र अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावलले चारटङग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला श्रीनगर, खारखोला दार्मा, मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला रोडिकोट र चाँफेतडी श्रीनगर गरी ८ वटा झुलुङ्गे पुलको निर्माण सामग्री ढुवानी गर्ने जिम्मा लिएको तत्कालीन जिल्ला प्राविधिक कार्यालय हुम्लाका प्रमुख जिल्ला इन्जिनियर देवी ऐडीले बताए।

चाफेटडी झोलुङ्गे पुल प्रमुख प्रथामिकतामा रहेकाले अर्जुन निर्माण तथा अर्डर सप्लायर्सले ४ वर्षपछि ०७५ को जेठमा सबै काम सकेको थियो। चारटङग्रे चौगानफायाँ, घटेखोला बुराउसे र मुचु पुलबाहेक अन्यको निर्माण कार्य ९० प्रतिशत सकिएको छ। तर, ठेकेदारहरुले सामान ढुवानी नगर्दा अलपत्र परेको इन्जिनियर ऐडीले बताए।

तस्बिर : हुम्ला बुराउसेको घट्टेखोलामा ४ वर्षदेखि अलपत्र घट्टेखोला झुलुंगे पुल ।

प्रकाशित: ५ चैत्र २०७५ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App