१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्राधिकरणमा तालाबन्दी

सोलुखुम्बु – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूले जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालयमा ताला लगाएका छन्।

सरकारले गाउँ–गाउँमा खट्ने प्राविधिको दुर्गम तथा प्रोत्साहन भत्ता कटौती गरेको भन्दै विरोधमा प्राविधिकहरुले ताला लगाएका हुन्। गत असारसम्म दुर्गमताको आधारमा पारिश्रमिकको ७० प्रतिशत र ६० प्रतिशत दुर्गम तथा प्रोत्साहन भक्ता उपलब्ध गराउँदै आए पनि फागुन १ देखि लागू हुनेगरी भत्तामा ५० प्रतिशत कटौती गरेको विरोधमा दबाबका लागि ताला लगाउन बाध्य भएको सघर्ष समितिका संयोजक आशुतोष जोशीले बताए।

साउनदेखि माघसम्मको मासिक भत्तासमेत नपाउनेगरी गरिएको निर्णय नसच्याएसम्म तालाबन्दी कायम राख्ने संयोजक जोशीको भनाइ छ। जिल्ला खटिएका प्राविधिकहरूले खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिकामा कार्यरत प्राविधिकले ७० प्रतिशत र अन्य स्थानीय तहका प्राविधिकले ६० प्रतिशत भक्ता लिँदै आएका थिए। प्राविधिकहरू जिल्ला केन्द्रित आन्दोलनमा उत्रिएपछि पुनर्निर्माणको सम्पूर्ण काम ठप्प भएको छ।

गाउँगाउँमा दोस्रो र तेस्रो चरणको किस्ता बुझ्न स्थानीय तह धाउने भूकम्पपीडितको काम अवरुद्ध भएको छ। सरकारले प्राविधिको माग सम्बोधन नभएर आन्दोलन लम्बिन सक्ने प्राविधिकहरूले बताएका छन्।

प्रकाशित: ५ चैत्र २०७५ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App