१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

स्मार्ट फोनवाट चलाउन मिल्ने एलजीका सामान बजारमा

काठमाडौं – स्मार्ट फोनको सहायताले संसारको जुनसुकै कुनावाट पनि चलाउन मिल्ने एलजी ब्राण्डका सामान बजारमा आएको छ।

एलजी ब्राण्डका वासिङ मेसिन, डिसवासर र फ्रिज बजारमा आएको हो। एलजी स्मार्ट थिङ्कक्यु प्रविधि जडान भएका उक्त उपकरणहरु मिनभवनमा रहेको एलजीको सोरुममा लन्च सोमबार गरिएको हो ।

यस प्रविधिअन्तर्गत एलजीको फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई सर्माट फोनको सहायताले घरमा बसी बसी अथवा संसारको कुनैपनि कुनाबाट चलाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै एलजीले लोयल्टी प्रोग्राम पनि संचालन गरेको छ।

यस प्रोग्रामअन्तर्गत ग्राहकवर्गहरुले सिजी इलेक्ट्रोनिक्सका कुनैपनि सामान खरिद गर्दा थप सुविधा पाउने छन् ।  

 

प्रकाशित: ४ चैत्र २०७५ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App