१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तेल निर्यात कटौतीले विश्वव्यापी असर पर्छ : इरानी मन्त्री

तेहरान- इरानबाट खरिद गर्ने तेलको कटौती गरी शुन्यमा झार्ने अमेरिकी योजनाले विश्व तेल बजारमा नकारात्मक प्रभाव पार्ने इरानका पेट्रोलियम मामिलामन्त्रीले बताएका यहाँको तास्निम न्यूज एजेन्सीले सोमबार जनाएको छ। 

मन्त्री बिजान नामदार जाँगनेहले भने, “हामीले जुनसुकै अवस्थामा पनि इरानको पेट्रोलियम पदार्थ निर्यात गर्नका लागि आवश्यक मापदण्ड बनाइरहेका छौँ।” यदि अमेरिकी दबावमा इरानी तेल निर्यातलाई कठिन बनाइयो भने यसले विश्वकै तेल कारोबारमा नै थप धेरै समस्या खडा गर्नेछ, उनले भने। 

इरानबाट तेल खरिद नगर्दा पनि अमेरिकालाई कुनै प्रभाव नपर्ने भनी इरान मामिला हेर्ने अमेरिकी विदेश मन्त्रालयका प्रतिनिधि ब्रायन हुकले शुक्रबार बताएका थिए। “विश्वका अन्य मुलुकबाट हुने तेलको राम्रो आपूर्तिले पेट्रोलियम पदार्थका लागि अमेरिकाको मागलाई सजिलै सम्बोधन गर्नेछ,” हुकले भने। “इरानबाट हुने आपूर्तिमा कडाई गरियोस् वा प्रतिवन्ध लागाइयोस् अमेरिकामा कुनै समस्या आउँदैन।” सिन्ह्वा

प्रकाशित: ३ चैत्र २०७५ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App