१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भालुको आक्रमणबाट गम्भीर घाइते

खोटाङ– भालुको आक्रमणबाट खोटाङ एक जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३४ वर्षीय दिनेश गिरी गम्भीर घाइते भएका हुन्। शनिबार स्थानीय कोप्चे सामुदायीक वनको मासाङ्गे भन्ने ठाउँमा घाँस काट्न गएकोबेला भालुको आक्रमणबाट गिरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए। 

गम्भीर घाइते भएका गिरीलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल दिक्तेलमा ल्याइए पनि उपचार सम्भव नभएपछि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको छ। भालुका आक्रमणबाट घाइते गिरीको अनुहार र शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको छ। उनलाई भालुले दाह्रा र नंग्राले जताभावी चिथोरेको र कोतरेको अवस्था आफन्तले फेला पारेका थिए। 

घरभन्दा करिब दुई घण्टा टाढा रहेको गोठ नजिकको जंगलमा घाँस काट्न गएको बेलामा गिरीलाई भालुले आक्रमण गरेको हो। जंगलमा घाँस गोठालो गर्ने ६ जनाको समुह भएपनि घाँस काट्ढै ओढार नजिक पुग्दा गिरीलाई भालुले आक्रमण गरेको स्थानीयले बताएका छन्। भालुको आक्रमणपछि ‘गुहार’ भन्दै कराएपछि आफन्त पुग्दा गिरीलाई बेहोस अवस्थामा उद्धार गरिएको थियो। 

प्रकाशित: ३ चैत्र २०७५ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App