१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीके राउतको राष्ट्रिय परिषद् बैठक सुरु, बैठकस्थलमा जाना नागरिकता अनिवार्य

लहान- सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन, राष्ट्रिय परिषद् बैठक लहानमा सुरु भएको छ। लहान नगरपालिका–७ स्थित माड्वारी सेवा सद्नमा ११ बजेबाट सुरु हुने बैठकमा सहभागी हुन मधेसका २२ जिल्लाबाट परिषद् सदस्यहरु सहभागी हुँदै छन्।

परिषद् बैठकका लागि स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत बिहान ९ बजे जनकपुरबाट लहान आइपुगेका छन्। उनको प्रवेशसंगै कार्यक्रम स्थल माड्वारी सेवा सद्नको सुरक्षा कडा पारिएको छ। मूल गेटबाटै सीकेका आन्तरिक सुरक्षा दस्ताले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन। नेपाल प्रहरी मूल गेट बाहिर सडकमा उभिएर बाहिरी सुरक्षा पहरा दिइरहेका छन्।

कार्यक्रम स्थल मारवाडी सेवा सद्नभित्र प्रवेश गरेका नेपाल प्रहरीका दुईजनालाई सीकेका आन्तरिक सुरक्षा दस्ताले बाहिर निकालिदिएको स्रोतले बतायो। कार्यक्रममा सहभागी हुन आएका  गठबन्धनका कार्यक्रर्तालाई समेत मूल गेटमै कडा सुरक्षा जाँचपछि भित्र प्रवेश दिइरहेको छ। गेटमै नागरिकताको प्रमाण पत्र, परिचयपत्र देखाएर सुरक्षा जाँच गराइ भित्र प्रवेश पाइन्छ, एक गठबन्धनका कार्यकर्ताले बताए।

सीके नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच भएको ११ बुंदे सहमतीपछि लहानमा जारी दुइ दिने पहिलो परिषद् बैठकलाई महत्वका साथ हेरिँदै छ। सहमागी परिषद् सदस्यमाझ सीकेले सहमतीबारे बेलिविस्तार गर्ने बुझिएको छ। यसै बैठकबाट आगामी रणनीति समेत तय गरिनेछ।

सरकारसंग भएको ११ बुंदे सहमतीलाई गठबन्धनले रणनीतिक जीतको रुपमा लिएको छ। जन अभिमतलाई जनमत संग्रहको रुपमा अर्रथ्याउँदै आएको गठबन्धनले यसलाई रणनीतिक जीत भन्दै जनतामाझ सशक्त रुपमा जाने निर्णय समेत गर्न सक्ने स्रोतले बतायो।

सोमबार बैठक सम्पन्न भएपछि सार्वजनिक गर्न मिल्ने निर्णयहरु संचारकर्मीमार्फत सार्वजनिक गर्ने गठबन्धनका सदस्य सुदिपराज कुशवाहाले बताए। चैत ५ गत्ते मंगलबार सीके राउतको नागरिक अभिनन्दन तथा स्वागत र्‍याली लहानको सहिद चोकमा निकालिने कुशवाहाले बताए।

प्रकाशित: ३ चैत्र २०७५ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App