१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जिदानको सुखद पुनरागमन, सेल्टा भिगोमाथि रियलको सहज जित

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेल्टा डि भिगोमाथि २–० को जित निकालेको छ। पूर्व प्रशिक्षक जिनेदिन जिदानले मुख्य प्रशिक्षकका रुपमा फेरि दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिड विजयी भएको हो।

घरेलु मैदान सान्टियागो बर्नाबाउमा शनिबार राति सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा रियलले २ गोल गर्यो। ६२ औं मिनेटमा करिम बेन्जेमाको पासमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाए।

७७औं मिनेटमा ग्यारेथ बेलले मार्सेलोको पासमा गोल गर्दै रियललाई २–० को अग्रता दिलाए। त्यसपछि निर्धारित समयसम्म दुवै टोलीबाट थप गोल भएन र रियलले महत्वपूर्ण ३ अंक बटुल्यो। भएन र दुई गोलको अग्रता दिलाए। जितसँगै २८ खेलबाट ५४ अंक जोडेको रियल तालिकाको तेस्रो स्थानमा छ।

सेल्टा भने २५ अंकसहित रेलिगेसन जोनमा छ। एक खेल कम खेलेको बार्सिलाना ६३ अंकसहित शीर्ष स्थानमा छ। राति नै भएको अर्को खेलमा दोस्रो  स्थानमा रहेको एथ्लेटिको म्यड्रिड एथ्लेटिको बिल्वाओसँग २–० ले पराजित भएको छ। बिल्वाओको जितमा ७३ औं मिनेटमा इनाकी विलियम्स र ८३ औं मिनेटमा किनान कोड्रोले गोल गरे।

हारसँगै एथ्लेटिको म्यड्रिडको उपाधि होड कमजोर बनेको छ। उ पहिलो स्थानको बार्सिलोनाभन्दा ७ अंकले पछि छ। पराजित एथ्लेटिको ५६ अंकसहित दोस्रो स्थानमा यथावत् छ। जितसँगै बिल्वाओ ३७ अंक जोडेर नवौं स्थानमा छ।

 

प्रकाशित: ३ चैत्र २०७५ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App