१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिपरको ठक्कबाट घाइते महिलाको मृत्यु

महेश्वर चाम्लिङ राई । उदयपुरमा अघिल्लो दिन टिपरको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार बिहान जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा को१ख ६३८८ टिपरले मोटरसाइकलमा श्रीमानसँगै रहेकी इलाम नगरपालिका ८ की ५० वर्षीया युरोपिया राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

युरोपियालाई स्थानीय सुन्दरपुर स्वास्थ्यचौकीमा प्रारम्भिक उपचारपछि विराटनगर लगिएको थियो। विराटनगरस्थित नोबेल अस्पतालमा शनिबार बिहान उनको मृत्यु भएको हो।

सामान्य घाइते भएका उनका श्रीमान मोटरसाइकल चालक महेश राईको भने उपचार भइरहेको जनाइएको छ। इलाका प्रहरी कार्यालय सुन्दरपुरले टिपर चालक सुनसरी बराहा नगरपालिका ४ का २९ वर्षीय अर्जुन चौधरीलाई नियन्त्रण्मा लिएर इलाका प्रहरी कार्यालय बेलटार पठाएको छ।

उनलाई थुनामा राखेर अनुसन्धान सुरु भएको एसपी राईले बताएका छन्। 

प्रकाशित: २ चैत्र २०७५ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App