मलेसियामा घाइते मायालाई काभ्रे कल्याणकारी समाजको आर्थिक सहयोग

शनिबार, ०२ चैत २०७५, १७ : ३० नागरिक

काठमाडौं - रोजगारीको सिलसिलामा मलेसियामा घाइते भएकी काभ्रे नमोबुद्धकि माया वाइवालाई काभ्रे कल्याणकारी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ। समाजले आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर घाइते वाइवालाई २ लाख ७४ हजार प्रदान गरेको हो। मलेसियाका विभिन्न कम्पनीमा कार्यरत काभ्रे कल्याणकारी समाजका सदस्यहरुले संकलन गरेर पठाएको आर्थिक सहयोग समाजका संरक्षक शंकर आचार्य, काभ्रे कल्याणकारी सेवा समाज नेपालका अध्यक्ष उर्गेन थोकर तामाङ  लगायतको उपस्थितिमा घाइते वाइवालाई हस्तान्तरण गरिएको हो।

मलेसियाको औषधि कम्पनीमा कार्यरत वाइवाको गाडी दुर्घटनामा हात भाँच्चिएको थियो भने खुट्टामा सामान्य चोट लागेको थियो। दुर्घटनापछि मलेसियाकै अस्पतालमा केही समय उपचार गरेकी वाइवाको हातको शल्यक्रिया गर्नुपर्ने र धेरै खर्च लाग्ने जानकारी अस्पतालले गराएपछि उनी फेब्रुवरीमा नेपाल फर्किएकी थिइन।


सहयोग हस्तान्तरण कार्यक्रममा समाजका संरक्षक आचार्यले मलेसियामा मलेसियामा धेरै संघ संस्था खुले पनि केही मात्र अस्तित्वमा रहेको र ति मध्ये पनि केही सीमित संस्था सामाजिक सेवा गर्ने उद्देश्यले खोलिएको बताए।

यस्तै समाजका अध्यक्ष तामाङले काभ्रे कल्याणकारी समाजले रोजगारीका क्रममा समस्यामा परेका थुप्रै नेपलीलाई विगतमा पनि सहयोग गरेको जानकारी गराउँदै सामाजिक कार्यलाई निरन्तरता दिने बताए। त्यस्तै उनले विगतमा संस्थाको नाम काभ्रे समाज रहँदै आएकोमा आजदेखि काभ्रे कल्याणकारी समाज बनेको र केही दिनमै जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाणपत्र प्राप्त हुने जानकारी दिए।

"अप्रेशन गरेर स्टिल हालेको छ अब २ वर्षमा स्टिल निकाल्ने भनेको छ अस्पतालले।  मलाई आर्थिक सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद भन्छु।"सहयोग पाएपछि वाइवाले भनिन्।

 






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad