१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुड्दै गरेको बसमा आगलागी

सुर्खेत- काठमाडौंदेखि जुम्ला जाँदै गरेको कर्णाली यातायातको बसमा आगलागी भएको छ। शनिबार विहान साढे ११ बजेतिर बराहताल गाउँपालिकाको मसिना नजिकै गुडीरहेको बसमा आगलागी भएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलले जानकारी दिए।

बा४ख ८७८ नम्बरको बसमा ३८ जना यात्रु सवार थिए। गुडीरहेको बेला आगो लागेपछि चालकले बाटोमै बस रोकेका थिए। यात्रुहरुका अनुसार बसको विद्युतीय तारले डिजल छोएपछि आगलागी भएको हो। प्रहरीका अनुसार आगलागीबाट बस पूर्णरुपमा क्षति पुगेको छ।

 

प्रकाशित: २ चैत्र २०७५ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App