१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

काठमाडौँ-विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ । 

उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ । नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १०औँ हजार हिन्दू धर्मका अनुयायीको सहभागिता गराइनेछ । 

साधु, सन्त, महन्त, विद्वानको सहभागिता रहने महासम्मेलनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रस्तावसमेत पारित गर्ने महासङ्घका सचिव अस्मिता भण्डारीले जानकारी दिए । काठमाडौँको वनकालीमा हुने सोही कार्यक्रममा अन्तर्राष्ट्रिय विश्व हिन्दू महासङ्घको नयाँ कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गरिनेछ । रासस 
 

प्रकाशित: २८ आश्विन २०७३ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App