किसान कोटामा मन्त्रीकाे भ्रमण

शनिबार, ०२ चैत २०७५, ०६ : ४९ भुवन शर्मा

काठमाडौं - चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो।

मन्त्री खनालको टोलीमा कृषि मन्त्रालयबाट दुईजनाले मात्र प्रतिनिधत्व गर्दै छन्। टोलीमा उनी आबद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला तहका कार्यकर्ता पनि छन्। मन्त्रालयबाट मन्त्री खनाल र सहसचिव हरिबहादुर केसी मात्रै छन्। चिया व्यवसायीको कोटामा चीन जान लागेको टोलीमा तत्कालीन माओवादी केन्द्रका गुल्मी जिल्ला सचिव बुद्धि बिसी, गुल्मी नेकपा जिल्ला तहका नेता मधुकृष्ण पन्थी, धुर्कोट गाँउपालिका अध्यक्ष भूपाल पोखरेल, गुल्मी छत्रकोटका तत्कालीन माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष रामप्रसाद पाण्डे छन्। चिया तथा कफी विकास बोर्डबाट विजय मिश्र र राम एकवाल यादव पनि सोही टोलीमा चीन जाँदै छन्।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले शनिबार मन्त्रीसहितको टोली चीन भ्रमणमा जान लागेको बताए। उनले चीन जाने टोलीका अन्य सदस्यबारे आफू जानकार नभएको बताए। उनले भने, ‘मन्त्रीसहित एउटा टोली शनिबार चीन जान लागेको छ तर टोलीमा रहेका अन्य सदस्यबारे मलाई जानकारी छैन।’

‘चिया व्यवसायी तथा चिया किसानका लागि छुट्टयाएको कोटामा मन्त्री आफैंले चासो राखेपछि उनको नाम राखिएको हो ।’ 

चियासम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली विदेश भ्रमणमा गएको उनले स्वीकारे। स्रोतका अनुसार मन्त्रीको भ्रमण टोलीमा सहभागी हुने सदस्यबारे उनको सचिवालयले सकेसम्म्म गोप्य राख्ने प्रयास गरेको छ। भ्रमण टोलीमा रहेका सदस्यबारे मन्त्रालयका कर्मचारी कसैले बोल्न चाहेनन्। टोलीमा चिया तथा कफी विकास बोर्डका अध्यक्ष शेषकान्त गौतम भने सहभागी छैनन्। एक्सपो कार्यक्रमको निम्तो चिया विकास बोर्डलाई आएको बताउँदै सो कार्यक्रमको नेतृत्व मन्त्रीले गरेकोे बताए। उनले भने, ‘कार्यक्रम चिया व्यवसायीहरूका लागि हो। त्यस टोलीमा केही जनप्रतिनिधिहरू पनि हुनुहुन्छ। मन्त्री प्रमुख अतिथि भई जाँदै हुनुहुन्छ।’ तर मन्त्रालय स्रोत भन्छ, ‘चिया व्यवसायी तथा चिया किसानका लागि छुट्टयाएको कोटामा जान मन्त्री आफैंले चासो राखेपछि उनको नाम राखिएको हो।’

प्रवक्ता सुवेदीका अनुसार भ्रमणको सबै खर्च आयोजक राष्ट्रले बेहोर्ने छ। मन्त्री खनालले आफ्नो चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गराएका छन्। एक्सपोमा विश्वभरका चिया किसान तथा चिया व्यवसायी सहभागी हुनेछन्। चिया खेती तथा चियाको व्यावसायिक विकाससम्बन्धी अवलोकन तथा अन्य कार्यक्रममा उनीहरू सहभागी हुनेछन्।

विदेश भ्रमणको अवसर आएमा मन्त्री मात्र नभई कृषि राज्यमन्त्री रामकुमारी चौधरीले पनि किसान र कर्मचारीको कोटामा चासो राख्छिन्। राज्यमन्त्री चौधरी पछिल्लो पाँच महिनामा दुईपटक श्रीमान्लाई लिएर विदेश भ्रमण गइसकेकी छन्। पछिल्लो पटक उनी माघमा ५ मा इटलीको राजधानी रोम गएकी थिइन्। उनीसँगै उनका श्रीमान सन्तोष थारू पनि रोम पुगेका थिए। मन्त्रीहरू आफूखुसी विदेश भ्रमण गर्न थालेपछि सरकारले केही महिनाअघि निर्देशिका ल्याई भ्रमणमा कडाइ गरेको थियो। तर निर्देशिका जारी भएपछि पनि मन्त्रीहरूको अनावश्यक विदेश भ्रमण रोकिएको छैन। पछिल्लो तीन महिनामा मन्त्रीहरूको विदेश भ्रमणमा मात्रै राज्यकोषको झन्डै दुई करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad