१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राउतसँगको सम्झौता राष्ट्रिय एकताविपरीत : कांग्रेस नेता जोशी

पर्सा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कांग्रेस अहिले इतिहासकै गम्भीर मोडमा रहेकाले बताएका छन्। 

यस्तो अवस्थामा नेतृत्वले सबैको भावनाको सम्मान र सबैलाई समेटेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्।
कांग्रेस पर्साले आयोजना गरेको कार्यकर्ता भेटघाटमा पार्टी सुधारका लागि नेतृत्वले पार्टीभित्र एकताको प्रयास गर्नुपर्ने बताए।

नेता जोशीले सीके राउतसँगको सम्झौता लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकताविपरीत भएको टिप्पणी गरे।
उनले कुनै पनि बाहानमा जनमत संग्रहको कुरा राष्ट्रिय एकताविपरीत भएको बताए।

 

प्रकाशित: ३० फाल्गुन २०७५ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App