१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लवको पक्षमा ऋषि कट्टेल

काठमाडौं - ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले विप्लवको पार्टीलाई लगाएको प्रतिबन्ध सिंगो कम्युनिस्ट आन्दोलनमाथिको प्रतिबन्ध  भएको निष्कर्ष निकालेको छ। 

विप्लव नेतृत्वको पार्टी पनि कम्युनिस्ट पार्टीको घटक भएकाले उक्त पार्टीमा लगाइएको प्रतिबन्ध कम्युनिस्ट आन्दोलनमाथिको प्रतिबन्ध भएको आरोप लगाएको हो।

अध्यक्ष ऋषिराम कट्टेलले एक विज्ञप्ति जारी गर्दै संविधानमा दल खोल्न पाउने स्वतन्त्रता हुँदाहुँदै त्यसको खिलापमा सरकार गएको आरोप लगाएका हुन्। यो घटना आउँदा दिनमा सबै परिवर्तनकारी शक्तिहरूमाथि क्रमश प्रतिबन्ध लगाउने गुरुयोजना अन्तर्गत प्रारम्भ भएको कट्टेलले जनाएका छन्।

 

प्रकाशित: ३० फाल्गुन २०७५ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App