१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक सय रूपैयाँं घुस दिने पक्राउ !

फागुन – भक्तपुर प्रहरीले सवारीसाधन जाँंच गर्ने क्रममा घुस दिने दुई जनालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं २ मनोहरामा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान सवारीसाधन जाँच गर्ने क्रममा सय रूपैयाँं घुस दिने धनुषा ढल्केबर नगरपालिका ६ बस्ने वर्ष २५ को प्रेम विकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ना ५ ख ७५८६ नम्बरको ट्रकलाई जाँच गर्दा विकले ब्लुबुकको कागजातभित्र लुकाई सय रूपैयाँं प्रहरी कर्मचारीलाई दिएकोले उनलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए। घुसपछि सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाएकोमा बुधबार नै म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै सोही स्थानमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा ठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा २ ख ७२७१ नम्बरको मिनी टिपरलाई जाँच गर्दा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१० घर भई हाल काठमाडौं काँडाघारी बस्ने २८ वर्षीय मन्दिर माझीलाई आइतबार पक्राउ गरिएको परिसरले जनाएको छ। रुट परमिटको कागजातभित्र लुकाई एक हजार एक सय रूपैयाँं घुस दिन खोजेको हुँदा सो सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी–वृत्त ठिमी भक्तपुरमा बुझाएकोमा सोमबार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७५ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App