१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘केल्भिन क्लेन’ को अभियानमा अन्जली आवद्ध

काठमाडौं - नेपालको तेस्रो लिङ्गी मोडल अन्जली लामा अन्तर्राष्ट्रिय फेसन ब्रान्ड केल्भिन क्लेनको अभियानमा आवद्धमा भएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर केल्भिन क्लेनको ‘माइ केल्भिन्स’ ह्यासट्यागसहित सुरु गरेको अभियानमा उनीसहित संसारभरका विभिन्न क्षेत्र १० महिलाहरु समावेश भएका थिए। 

यस अभियानमा छनोट हुने उनी पहिलो तेस्रो लिङ्गी हुन् । उनी यसअघि नेपाली मोडलिङ क्षेत्रमा सक्रिय हुँदै भारतमा आयोजना हुने लेकमे फेसन वीकमा तेस्रो लिङ्गी पहिचानसहित र्‍याम्पमा देखिएकी थिइन्। सन् २००७ मा आयोजना भएको मिस पिन्क प्रतियोगितामा सहभागि भएसँगै नेपाली मोडलिङ क्षेत्रमा देखिएकी थिइन् । ‘म क्लाभिन क्लेन अभियानको लागि छनोट हुन्छु भनेर कल्पना समेत गरेको थिइन्’, उनले भनिन् ‘संसारभरका १० महिलाहरुसँगै मपनि यस अभियानमा छनोट भएको छु,’उनले भनिन्।

प्रकाशित: ३० फाल्गुन २०७५ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App