२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकप : थ्री स्टार स्तब्ध

माइभ्याली गोल्डकपको बुधबारको खेलमा भिड्दै थ्री स्टार (नीलो) र हिमालयन शेर्पाका खेलाडी । तस्बिर : भीम/नागरिक

इलाम - डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई पाखा लगाउँदै हिमालयन शेर्पा क्लब पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको खेलमा थ्री स्टारलाई ३–१ गोलअन्तरले पराजित गर्दै हिमालयन सेमिफाइनलमा उक्लिएको हो ।

थ्री स्टारका कप्तान अनिल गुरुङले पूर्वाद्र्धमा विपक्षी हिमालयनविरुद्ध गोल गरेका थिए । तर, त्यसको केही मिनेटमै हिमालयनका विजय श्रेष्ठले जबाफी गोल फर्काए । पूर्वाद्र्धमा १–१ गोलको बराबरी गरेका दुवै टोलीबीच उत्तरार्धमा खेल चम्कियो । उत्तरार्धमा हिमालयनका त्रिभुवन गुरुङले थ्री स्टारविरुद्ध अर्काे गोल थपे । त्यसको केही मिनेटपछि हिमालयनकै सुनील खड्काले १ गोल थपेर टोलीलाई विजयको नजिकै पु¥याए । उत्तराद्र्धपछि थ्री स्टारले हिमालयनको कडा दबाब सामना गर्नुपरेको थियो । बुधबारको खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका रामसेई छानिए । उनले नगद १० हजार जिते । 

 

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App