१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

विश्व उपभोक्ता दिवस मनाइरहदा उपभोक्ता भने सधै मारमा

काठमाडौं– मार्च १५ को दिनमा विश्व उपभोक्ता अधिकार दिवस मनाउदै आएको छ । एकता तिर दिवस मनाई रहदा उपभोक्ताहरुको अबस्था भने मारमा पर्ने क्रम बढ्दै गएका छन् । सरकारी क्षेत्रबाट बस्तु तथा सेवाभित्र प्रभावकारी नियमनको प्रयास भए पनि बजारमा उपभोक्ता ठगीने क्रम भने रोकिएको छैन । वजारमा कालोवजारी, महंगी देखि खाद्यान्नमा मिसावट लगाएत उपभोक्ता ठग्ने प्रवृती वढ्दै गएका छन् भने त्यसलाई नियन्त्रण, नियमन, अनुगमन गर्ने सरकारी निकाय निरिह जस्तो देखिन्छ ।

वेला वखत चाडपर्ब र आक्ल झुक्कल हुने अनुमन हुने गरेको भएपनि बजारमा सरकारी नियमन शून्यप्राय छ । त्यस गर्दा पनि बजारमा हुने अनुचित, एकाधिकार र निषेधित व्यापारिक क्रियाकलाप भै रहेका छन् । सरकारी संयन्त्र केवल तत्काल देखा पर्ने समस्याको रोकथामको अन्तरिम व्यवस्थापनको सोच र काममा मात्र सक्रिय छन् । अहिलेसम्म उपभोक्ता उपर हुने मर्का र हानि उपर पर्याप्त तथा प्रभावकारी सुनुवाइ समेत हुन सक्ने अवस्था छैन ।

प्रत्येक वर्ष उपभोक्ता अधिकार दिवस मनाइरहदा उपभोक्ता ढगिनु पर्ने अबस्था अन्त्य हुन सकेको छैन । त्यसका लागि सरकारी प्रभावकारी नियमन र सक्रियले मात्र स्वच्छ बजार र उपभोक्ता हित संरक्षरण हुन सक्छ ।

प्रकाशित: २९ फाल्गुन २०७५ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App