१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई विधेयक पारित, दुई विधेयक समितिमा

फाइल तस्बिर

काठमाडाैं- प्रतिनिधिसभाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरेको छ। 

प्रतिनिधिसभाको बुधवारको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। 

सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थ समिति तथा प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिकोतर्फबाट प्रतिवेदनसहित सदनमा पेश गरिएको थियो। 

यसअघि बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सेफ गार्डस् एन्टिडम्पिङ विधेयक २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेकाे प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेका थियाे। प्रतिनिधिसभाको अर्काे बैठक चैत ३ गते दिनको ३ बजे बस्नेछ। 

प्रकाशित: २९ फाल्गुन २०७५ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App