१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

लण्डनमा कविता कन्सर्ट

लण्डन –  बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन आइपुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन्। 

लण्डनस्थित हिर्थ्रो विमानस्थलमा पराजुलीको स्वागतका लागि गैरआवाशीय नेपाली संघका नेता तथा समाजसेवी कृष्ण तिमल्सिना, केन्द्रीय सदस्य रामशरण सिम्खडालगायत पुगेका थिए। 

क्षेत्री समाज यूकेको आयोजनामा हुन लागेको 'लण्डन कविता कन्सर्ट २'  बाट संकलन हुने रकमले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोकको टेकनापुरस्थित कालिका माविमा ई–पुस्तकालय स्थापना गर्ने लक्ष्य राखिएको छ। 

१६ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको पुस्तकालयका लागि कन्सर्टबाट आवश्यक रकम जुट्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रामशरण सिम्खडाले जानकारी दिए।  

प्रकाशित: २९ फाल्गुन २०७५ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App