१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडा कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट, ६ पक्राउ

चितवन - भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको वडा कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो। विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकालाई अनुसन्धान सुरु गरिएको छ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए। राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए।   (रासस)

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App