काठमाडौं – थाइल्यान्डमा हुने १६औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। बैंककमा मार्च १२ देखि २० सम्म नेपालको तर्फबाट राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन्।
च्याम्पियनसिपमा सहभागी हुने चार सदस्यीय नेपाली टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ। नेपाली टोली बुधबार बैंककतर्फ प्रस्थान गर्नेछ।
च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमि प्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने छन्। राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा तीन स्वर्ण जितिसकेका छन् भने पलिस्थाले दुई स्वर्ण पदकका सफलता प्राप्त गरिसकेकी छन्।
प्रकाशित: २९ फाल्गुन २०७५ ००:२७ बुधबार