१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

दुर्घटना घाइते सबैजना सकुशल

भद्रपुर-झापाको विर्तामोडमा पश्चिम कांटामा बुधबार बिहान करिब ८ः३० को समयमा भएको दुर्घटनामा ६५ जना घाइते भएपनि सबैजना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विपरीत दिशाबाट आइरहेका ना ५ ख १८९८ र ना ५ ख ६५६१ नंको बस एकआपसमा ठोक्किएको दुर्घटनामा घाइते भएका ३३ जनाको बी एन्ड सी अस्पताल विर्तामोडमा, १० जनाको मनमोहन अस्पतालमा, छ जनाको कञ्चनजङ्गा अस्पतालमा र १६ जनाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनामा घाइते भएका ना ५ ख बसका चालक उर्लावारी–४ निवासी दुर्गाप्रसाद आचार्यलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ भने घटनाका विषयमा छानबिन सुरु गरिएको छ । रासस 

प्रकाशित: २७ आश्विन २०७३ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App