१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अढाई सय छात्रालाई निःशुल्क साइकल

रौतहट  – रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। गाउँपालिका क्षेत्रभित्रका तीनवटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ का २ सय ५३ छात्रालाई सोमबार एक समारोहबीच निःशुल्क साइकल वितरण गरिएको हो।

पिपरा भलोहियामा रहेको सरस्वती माध्यमिक विद्यालय, मत्सरीस्थित संस्कृत माध्यमिक विद्यालय र पचरुखीमा रहेको आधारभूत विद्यालयका छात्राहरूलाई निःशुल्क साइकल बाँडिएको गाउँपालिकाका प्रमुख अरुण साहले जानकारी दिए। साधनस्रोतको अभावका कारण कुनै छात्र स्कुल जानबाट वञ्चित नहुन् भनेर चालु आर्थिक वर्षको बजेटबाट साइकल प्रदान गरिएको उनले बताए। टाढाका विद्यालयमा छोरी नपठाउने चलन भएका कारण साइकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

साइकल वितरण समोरोहमा जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादवले स्थानीय तहबाट छोरीलाई विद्यालय अध्ययन गर्न प्रोत्साहन गर्न साइकल वितरण अति नै सराहनीय कार्य भएको बताए।

प्रकाशित: २८ फाल्गुन २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App