धर्मनिरपेक्ष विदेशीको इसारामा आएको हो : थापा

सोमबार, २७ फागुन २०७५, १९ : ५३ नागरिक

रुपन्देही - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको इसारामा नेपालाई धर्मनिरपेक्ष राष्ट्र कायम गरिएको आरोप लगाएका छन्। हिन्दुराष्ट्र कायम गराउन दबाब दिने बेला आएको पनि उनले बताएका छन्।

हिन्दू राष्ट्र कायम गर्ने मुख्य एजेन्डासहित मेची–महाकाली राष्ट्रिय स्वाधीन यात्रा थालेको राप्रपाले सोमबार बुटवलमा आमसभा गरेको हो। उक्त सभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘जनआन्दोलनमा धर्म निरपेक्ष र संघीयताका विषय जनताले उठाएका थिएनन्, यो जबरर्जस्ती लादिएको हो।’ नेपाल सनातन हिन्दूहरुको देश भएको बताउँदै उनले अब हेरेर बस्ने अवस्था नरहेको बताए। 

‘राजसंस्था अन्त्य हुने बित्तिकै देशमा जनताको जीवनस्तर सुध्रने बताइए पनि त्यस्तो देखिएन’, उनले थपे, ‘देश अहिले इतिहासकै सबैभन्दा ठूलो संकटमा छ।’ बढ्दो भ्रष्टाचार, असुरक्षा तथा देश विखण्डन हुने खतरामा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। 

२०५२ सालदेखि माओवादीले थालेको युद्धले १७ हजारको मृत्यु भएको बताउँदै परिवर्तनलाई संस्थागत गर्ने नाममा देशलाई बर्बाद बनाइएको भन्दै त्यसको विरोध गरे। 

वर्तमान सरकारले हालै तराई विखण्डनवादी नेता सीके राउतसँग गरेको सम्झौता कुटिल, भ्रमपूर्ण र रहस्यमय भएको बताए।जनकपुरमा सीके राउत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगो भएको उनको टिप्पणी थियो। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad