१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ किलो चाँदी र सुनसहित २ भारतीय पक्राउ

जनकपुर - जनकपुरमा २५ किलो चाँदी र एक सय ग्राम सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँका ३० वर्षीय रुपेश महतो रहेका छन् ।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार बिहान पत्रकार सम्मेलनको गरी बरामद उक्त चाँदी र  सुनसहित सार्वजनिक गरेको हो । आइतबार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको र मोटरसाइकलसहित सुन र चाँदी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउने तयारी भैरहेको प्रहरी उपरीक्षक खनालले बताए।
 

प्रकाशित: २७ फाल्गुन २०७५ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App