१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

राजेशपायलसँग नाच्यो खोटाङ

हलेसी साइनो स्टार’ फिनालेमा प्रस्तुति दिँदै गायक राजेशपायल राई। तस्बिरः दमन/नागरिक

खोटाङ - गत शनिबार साँझ चिसो झिप्पिँदै जाँदा खोटाङको दिक्तेल भने निकै गर्माएको थियो । दिक्तेलको माहौल गर्माउने माध्यम बनेका थिए, गायक राजेशपायल राई । खोटाङमा भएको ‘हलेसी साइनो स्टार–२०७५’ को ग्राण्ड फिनालेमा गायक राजेशपायल आउने चर्चाले संगीतका पारखीलाई सरस्वती मावि दिक्तेलको प्रांगणमा भेला हुने माहौल बनाइदिएको थियो।

राजेशपायल हात हल्लाउँदै कार्यक्रमस्थलमा प्रवेश गर्दा उत्साहित दर्शक र श्रोता आफ्नो ठाउँबाट उठेर सिठी र तालीले स्वागत गरे। राजेशपायल कार्यक्रमस्थलमा प्रवेश गरेसँगै तातेको ‘हलेसी साइनो स्टार’को ग्राण्ड फिनाले राती साढे आठ बजेसम्म तातिरह्यो।

उद्घोषकले पटकपटक ‘राजेशपायल आइहाल्ने’ भन्ने जानकारी दिइरहे पनि गायक राई साँझ साढे ६ पछिमात्र स्टेजमा देखा परे । राजेशपायल हात हल्लाउँदै कार्यक्रमस्थलमा प्रवेश गर्दा उत्साहित दर्शक र श्रोता आफ्नो ठाउँबाट उठेर सिठी र तालीले स्वागत गरे। राजेशपायल कार्यक्रमस्थलमा प्रवेश गरेसँगै तातेको ‘हलेसी साइनो स्टार’को ग्राण्ड फिनाले राती साढे आठ बजेसम्म तातिरह्यो। 

‘मोहनी लगाउने’ बोलको गीतबाट आफ्नो प्रस्तुति थालेका गायक राईले ‘आँखा जुध्यो, माया बस्यो’, ‘टलटल टल्किने’, ‘उकालीमा जाँदाजाँदा’, ‘दुई चुल्ठी बाट्नेलाई’, ‘दिक्तेल बजार’, ‘म त मर्छु कि क्या हो ठूली’, ‘दर्शन नमस्ते’ ‘ज्यान माया’, ‘शिरैबन्दी शिरफूल’, ‘साकेला सिलिमा’ लगायतका गीत गाए । उनका प्रत्येक गीतमा दर्शकले नाचेर साथ दिएका थिए । स्टेजबाट बिदा हुन खोजेका राजेशपायलले दर्शकश्रोताबाट पटकपटक ‘वान्स मोर’ पाएपछि ‘तिमीलाई रोजें’, ‘उकालीमा जाँदा–जाँदै’ गीत दोहोर्याएर गाउनुपर्यो । कार्यक्रममा प्रमुख अतिथिका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले समेत मन परेको गीत अफर गरे। 

खोटाङकै बुइपा घर भएका राजेशपायल सांगीतिक कार्यक्रमको सिलसिलामा लामो समयपछि गृहजिल्ला आएका हुन् । ‘म आफ्नै जिल्लामा नआएको लामो समय बितिसकेको छ’, राईले भने, ‘तपाईहरूकै माया र आशीर्वादले म अहिले खोटाङको मात्र नभएर देशकै छोरा भएकाले व्यस्त छु ।’ प्रस्तुतिकै क्रममा राजेशपायलले ‘हलेसी साइनो स्टार’ आयोजक साइनो कला केन्द्रलाई एक लाख ५० हजार रुपैंयाँको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा गायक र संगीतकार महेश खड्का, गायिका मेनुका राई, गायक र संगीतकार राई नविन, गायक रेवत राई, धर्मराज पोखरेल, ‘खोटाङ आइडल’ तेजकुमार राई र ‘भिजन आइडल’की ‘फस्ट रनर अप’ प्रवृत्ति राईले पनि सांगीतिक प्रस्तुति दिएका थिए।

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App