१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रालय तानिए साझाका शर्मा

काठमाडौँ - साझा प्रकाशनका विवादित महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा तानिएका छन्। फागुन १९ मा बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई अर्काे निर्णय नभएसम्मका लागि मन्त्रालयमा तान्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको बैठकले प्रकाशनको महाप्रबन्धकमा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई नियुक्त गरेको छ। शर्मालाई मन्त्रालयमा काज सरुवा गरेसँगै पगेनीलाई फागुन २१ मा साझाको महाप्रबन्धकमा नियुक्त गरिएको हो।

साझा प्रकाशनमा हुँदा शर्माले अनियमितता गरेको घटना सार्वजनिक भएपछि उनलाई २०७४ असोजमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले बर्खास्त गरेको थियो। मन्त्रालयको विरुद्ध शर्मा सर्वाेच्च गएपछि सर्वाेच्चले कारबाही गर्नका लागि शिक्षा मन्त्रालय तालुकवाला मन्त्रालय नभएको भन्दै शर्माको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि शर्मा पुनः साझामै फर्किएका थिए। शर्मालाई शिक्षा मन्त्रालयले नै महाप्रबन्धकमा नियुक्त गरेको थियो। सर्वाेच्चको निर्णयपछि शर्मा साझामा फर्किएपनि पूर्वकर्मचारीको आन्दोलनका कारण उनी नियमित रुपमा कार्यालय भने जान पाएका थिएनन्।

विवादित शर्माका विषयमा मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई साझा प्रकासन सञ्चालक समतिका निर्वाचित सदस्य एवं सांसद विजय सुब्बा सकारात्मक कदम भएको बताउँछन्। यसले साझा प्रकाशनलाई अघी बढ्न सहयोग गर्ने सुब्बाको विश्वास छ। ‘यो निर्णय पहिले नै गर्नुपथ्र्याे, ढिलै भएपनि महत्वपूर्ण निर्णय भएको छ,’ उनले भने। मन्त्रिपरिषदको निर्णय शर्मा विरुद्धको आधिकारिक कारबाही भएको सुब्बाले बताए। साझा प्रकाशनका सात जना सञ्चालक सदस्यहरुले पनि शर्मालाई महाप्रबन्धक पदबाट हटाउने तयारी गरेका छन्। ‘शर्मालाई तत्काल पदबाट बर्खास्त गर्दै उनले गरेका अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्छ,’ साझा प्रकाशनका एक जना सञ्चालक सदस्यले भने।

प्रकाशित: २७ फाल्गुन २०७५ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App