१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनअभिमत भनेको जनमतसंग्रह र निर्वाचन दुवै हो : उपसंयोजक चन्दन

काठमाडाैं - स्वतन्त्र मधेस गठबन्धनका उपसंयोजक चन्दन सिंहले सरकार र आफ्नो गठबन्धनबीच भएको ११ बुँदे राजनीतिक सहमतिको बुँदा नंम्बर २ मा समावेश शब्द जनअभिमतको विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन्। 

नागरिक न्युजसँग कुराकानी गर्दै उपसंयोजक सिंहले जनअभिमतको व्याख्या जनमतसंग्रह मात्रै नहुने बताए। आफ्नो गठबन्धनले नेपालको संविधान र अखण्डतालाई स्वीकार गर्दै सरकारपक्षसँग राजनीतिक सहमति गरिसकेको अवस्थामा आफ्नो गठबन्धनका विषयमा अनावश्यक अफवाह नफैलाउन पनि उनले आग्रह गरेका छन्।

सहमतिमा प्रयोग शब्द जनअभिमतको अभिप्राय लोकतान्त्रिक विधि अपनाउने भन्ने रहेको बताउँदै सिंहले लोकतान्त्रिक विधिमा जनमतसंग्रह र निर्वाचन दुवै प्रक्रिया रहेकोमा कुनै एक प्रक्रिया अपनाउँदै मधेसमा रहेको विद्यमान समस्या समाधान गर्ने प्रक्रिया अपनाउने विषयमा आफूहरु सचेत रहेको दाबी गरेका छन्।

‘जनअभिमतले जनमतसंग्रहको मात्रै व्याख्या गर्दैन, यो शब्द आफैमा लोकतान्त्रिक शब्द हो, जनकपुरमा रहेका चन्दनले टेलिफोनमार्फत बोल्दै भने, ‘सहमतिका लागि हामी लोकतान्त्रिक विधि अपनाउँदै संविधानअन्तर्गत रहेको व्यवस्थालाई आत्मसाथ गर्दै संसदीय निर्वाचन र जनमतसंग्रह दुईमध्ये एक प्रक्रियामा जाने भन्ने हो।’ लोकतन्त्रमा जनताको अभिमत लिने विभिन्न प्रक्रिया हुनेमा हामीले त्यही प्रक्रिया अवलम्बन गर्ने कुरामा जोड दिएका हौँ, चन्दनले भने।

शुक्रबार सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका सीके राउत आज अपराह्न जनकपुर प्रस्थान गरेका छन्। जनकपुरमा राउतलाई स्वागत गर्न विमानस्थलमा उत्रिएका उनी समर्थित कार्यकताले सरकारसँग गरेको सहमति उल्लङ्घन गरेको आरोप लागेको छ। सहमतिको बुँदा नम्बर ६ मा संविधानको व्यवस्थाविपरीत र सहमतिको प्रतिकूल हुने किसिमको काम कार्वाही गर्न नपाइने उल्लेख छ। तर, राउत समर्थिक कार्यकताले उनको स्वागतका लागि विमानस्थलमा जम्मा हुँदा स्वतन्त्र मधेस लेखिएको ज्याकेट र झण्डाको प्रयोग गरेका थिए। 

यस विषयमा प्रश्न गर्दा उपसंयोजक चन्दनले कार्यकताको उत्साहका कारण यस्तो भएको बताए। उनले थप भने, ‘हामीले सरकारसँग भएको सहमति बिर्गाने उद्देश्यले यस्तो गरेका होइनौँ।

आइतबार गृहमन्त्री रामबहादुर थापाले डा. राउतसँग भएको ११ बुँदे राजनीतिक सम्झौताको बुँदा नम्बर २ मा उल्लेख भएको शब्द जनअभिमतको आशय जनमतसंग्रह नभएको बताएका थिए। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले जनअभिमतको आशय जनमतसंग्रह भएको राउत पक्षको व्याख्या भए त्यसले पुरानै अवस्थामा फर्काउने चेतावनी दिएका थिए।

 

प्रकाशित: २६ फाल्गुन २०७५ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App