१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

काठमाडौंमा बाइक रेसिङ्ग प्रतियोगिता (भिडियाे)

काठमाडौं– मोटर स्पोट्स नेपालमा नयाँ खेल हो। एउटा गोलो र निश्चित ठाउँमा टिम अथवा एक अर्काबीच मोटरसाइकल रेस गर्नु नै ट्रयाक रेसिङ्ग हो। 

बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न र एउटा सुरक्षित क्षेत्रमा मोटरसाइकल चालकको कुदाउने कला प्रस्फुटन गर्न राजधानीमा होन्डा नेपालले आयोजना गरेको होण्डा नेपाल ड्रिम कप २०१९ को समापन भएको छ। यो नेपालको पहिलो रेसिङ्ग प्रतियोगिता हो। तीन चरणमा विभाजित यो प्रतियोगिताको पहिलो चरणको खेल पुस १४, दोस्रो माघ २६ र अन्तिम खेल फागुन २५ गते भएको थियो। ललितपुरको स्याकार सेफ्टी राइडिङ्ग सेन्टरमा आयोजना गरिएको प्रतियोगितामा विवश श्रेष्ठ र आशिक लामा उत्कृष्ट चालक घोषित भए। उनीहरुले अब भारतको चेन्नाईमा हुने होण्डा इण्डिया ड्रिम कपमा नेपालको तर्फबाट भाग लिने छन्। 

१५० र २५० सिसीमा विभाजन गरिएको प्रतियोगिताका विजेताले क्रमशः २५, १५, १० र ५०, ३०, २० हजार रुपैयाँ प्राप्त गरेका छन्।  स्याकार ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत सौरभ ज्योतिका अनुसार यस्तो प्रतियोगिताले मोटरसाइकल चालकले उनीहरुको मोटरसाइकल कुदाउने क्षमताको वृद्धि हुनुका साथै त्यो कला विदेशी ट्रयाकमा समेत देखाउन सक्छन्। 

‘मोटर स्पोट्र्सको राम्रोसँग प्रवर्द्धन गर्न सके नेपालले राम्रो चालकहरु पाउन सक्छ। तर त्यसको लागि नेपालमा कुनै रेसिङ्ग ट्रयाक छैन्। ३०० मिटरको ट्रयाकमा रेस गरेर जित्नु र भारतको ठूलो ट्रयाकमा रेस गर्नु विल्कुल फरक कुरा हो। गाह्रो पनि उत्तिकै हुन्छ’, उत्कृष्ठ चालक विवश श्रेष्ठ भन्छन्। 

काठमाडौंका सडकमा जथाभावी र तीव्र गतिमा मोटरसाइकल कुदाउने क्रम बढ्दो छ। यो पुस मसान्त सम्म ४ हजार ८१ सडक दुर्घटना भइसकेको छ। यसमा मोटरसाइकलको संख्या २ हजार ६ सय ६५ रहेको छ। रेसिङ्गमा इच्छुक भएकाहरुको लागि पनि होण्डा नेपाल ड्रिम कप राम्रो र उपयुक्त अवसर हो।

प्रकाशित: २६ फाल्गुन २०७५ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App