१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्टर्लिङको ह्याट्रिकमा म्यानचेष्टर सिटी विजयी, टोटेनह्याम भने स्तब्ध

काठमाडौं – उपाधि दौडमा रहेको म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा स्पष्ट चार अंकको अग्रता लिएको छ। शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले वार्टफोर्डलाई ३–१ गोलअन्तरले पराजित गर्दा रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको १३ औं सेकेण्डमा स्ट्रर्लिङले गोल गरेपछि सिटीले सुरुवाती अग्रता लिएको थियो। ५० औं मिनेटमा रियाद मेहेरेजको पासमा स्ट्रर्लिङले ब्याक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता दोब्बर बनायो।

त्यस्तै ५९औं मिनेटमा गोल गर्दै २४ वर्षीय इङ्लिस स्ट्राइकरले ह्याट्रिक पूरा गरे। ६६ औं मिनेटमा वार्टफोर्डका जेरार्ड डेउलोफेउले सान्तवना गोल फर्काए। जितसँगै शीर्ष स्थानको सिटीले ३० खेलबाट ७४ अंक बनाएको छ। पराजित वार्टफोर्ड ४३ अंकका साथ आठौं स्थानमा छ। सिटीको जितले दोस्रो स्थानको लिभरपुललाई दबाब परेको छ।  एक खेल कम खेलेको लिभरपुुलको ७० अंक छ।

अर्को खेलमा टोटेनह्याम भने साउथह्याम्टनसँग २–१ ले स्तब्ध भएको छ। पाहुना टोली टोटेनह्यामले २६ औं मिनेटमा ह्यारी केनको गोलमार्फत अग्रता लिएको थियो। तर, उसले सो अग्रता जोगाउन सकेन्। साउथह्याम्पटनले खेलको अन्त्यतिर चार मिनेटको अन्तरमा २ गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको थियो।

उसका लागि ७६ औं मिनेटमा यान भालेरी र ८२ औं मिनेटमा जेम्स पार्डले गोल गरेका थिए। शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको टोटेनह्याम ६१ अंकका साथ तेस्रो स्थानमा छ। साउथह्याम्पटन भने ३० अंकका साथ १६ औं स्थानमा छ।

लिगका अन्य खेलमा न्यूक्यासलले एभर्टनलाई ३–२, लेस्टर सिटीले फुलह्यामलाई ३–१, वर्नमाउथले हडल्सफिल्डलाई २–१, कार्डिफले वेष्टह्यामलाई २–० र ब्राइटनले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App