१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पिकेदेम्बामा म्याराथन हुने

काठमाडौं - ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्बामा म्याराथन हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित ओखलढुंगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो । म्याराथन नेपाल, पर्यटन बोर्डको प्रवर्द्धन र ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गते म्याराथन हुने लागेको हो।

म्याराथनमा ओखलढुंगा र सोलुखुम्बुको सिमानामा रहेको पिके डाँडा र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङवाङङिमा शेर्पाले बताए । पिकेडाँडाको ४२ सय मिटरबाट सुरु हुने म्याराथन २५ सय मिटरको खिजिदेम्बा बजारमा आएर टुंगिने छ । म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट ५० भन्दा बढी प्रख्यात धावक सहभागी हुने आयोजकले बताएको छ।

महिला र पुरुषलाई छुट्टाछुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुष जनही नगद ५० हजार, दोस्रोलाई ४० हजार र तेस्रोलाई ३० हजारसहित ट्रफी प्रदान गरिने छ । म्यारथनमा चौथो, पाँचौं, छैटौं र सातौं हुनेलाई समेत पुरस्कारको व्यवस्था छ । आयोजकका अनुसार चौथोलाई आठ हजार, पाँचौंलाई पाँच हजार र छैटौंलाई तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ । सातौं हुनेलाई भने एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनकारी दिए। 

खेलाडीलाई खान, बस्नको व्यवस्था समेत आयोजकले गरेको अध्यक्ष शेर्पाले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद पर्यटनको सम्भावना बढी रहेकाले म्याराथन आयोजना गरेको आयोजकको भनाइ छ।

सुन्दर र रमणीय क्षेत्र रहेको पिके डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजंगा, ल्होत्से लगायत अग्ला हिमशिखर नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जनभन्दा बढी गुराँस प्रत्यक्ष हेर्न पाइन्छ । सरकारले घोषणा गरेको मुख्य सय गन्तव्यमध्ये पिके डाँडा क्षेत्र पनि मुख्य गन्तव्य हो । २१ किलोमिटरको अल्ट्रा हाल्फ म्याराथन आयोजना गरिएको पिके डाँडा। 

प्रकाशित: २६ फाल्गुन २०७५ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App