१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लैनचौरमा ‘चिठी आएन’

काठमाडौं - अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राजधानीको लैनचौरस्थित भारतीय राजदुतावासमा बलिउड गायिका कविता कृष्णमूर्ति गुञ्जिएकी छन् । भारतीय महिला संघले गत शुक्रबार आयोजना गरेको कार्यक्रममा गायिका कवितासँगै उनका भायोलिन वादक पति डा. एल. सुब्रमण्यम प्रस्तुत भए। सामाजिक तथा सांस्कृतिक क्रियाकलापमार्फत सामाजिक सेवामा सक्रिय एशोसिएसनले कविता र सुब्रमण्यमलाई परोपकारी कामका लागि काठमाडौं बोलाएको हो।

परोपकारी सांगीतिक कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रम काठमाडौं स्थित भारतीय राजदूतावासमा आयोजना गरिएको हो । कार्यक्रममा कविताले आफ्ना विभिन्न चर्चित गीत सुनाउँदा उनले २५ वर्षअगाडि गाएको ‘चिठी आएन’ बोलको गीतलाई छुटाइनन् । गीतमा यो गीतका संगीतकार शम्भुजित बास्कोटाले कवितालाई साथ दिएका थिए । सुब्रमण्यम र गायिका कवितालाई किबोर्डमा अतुल रनिंगा र फ्रिजो फ्रान्सिस, ड्रम्स र परकुसनमा वसन्त कुल्कर्णी, गितारमा अल्वेन फर्नाण्डेज, बेस गितारमा किथ पिटर्स, तबलामा तन्मोय बोस, मृदंगममा पीएनएस फाल्गुन र साउन्ड इञ्जिनियरिङमा विनय भिन्सेन्टले साथ दिएका थिए।

कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यिक व्यक्तित्व, विद्यार्थी तथा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका गरी करीब १५ सय बढी व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रमको प्रमुख अतिथि नेपालका उपराष्ट्रपति नन्दबहादुर थिए । कार्यक्रम सुरु हुनु अघि संघकी अध्यक्ष नम्रता पुरीले चुनौतीपूर्ण अवस्थामा पनि मुहारमा खुशी ल्याउनु र मानवीय सद्भाव–सहयोग बढाउनु संघको उद्देश्य भएको बताइन् । ‘ टिकट बिक्रीबाट संकलित रकम परोपकारी कार्यमा खर्च गरिनेछ’, उनले भनिन् ।

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App